बस दुर्घटनामा १४ जना घाइते, तीनजनाको अवस्था गम्भीर
रुकुम, १८ असार । रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २ः३० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, उनकी आमा ३६ वर्षीया माया पुन, वडा नं ८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही ठाउँका २१ वर्षीय क्षतिज मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार, सल्यान बागचौर नगरापालिका–१० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान सारदा नगरपालिका–१ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३ मैकोटका २५ वर्षीय करण बुढा, सोही ठाउँका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा, वडा नं १२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उनका छोरा ११ वर्षीय बलमान बुढा तथा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
घाइतेमध्ये तीन जना सृष्टी पुन, विष्णु परियार र करण बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












