तीसजनाको आँखाको नानी प्रत्यारोपण
चितवन, १८ असार । भरतपुर आँखा अस्पतालले ३० जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ ।
गत वर्षबाट अस्पतालले तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर प्रत्यारोपण गर्न शुरु गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार यस अवधिमा १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।
अस्पतालले संकलन गरेको ६ जनाको आँखाको नानी झिकेर तिलगंगाको आँखा बैंकमा पठाएको उहाँले बताए । तिलगंगाले प्रशोधनको शुल्क रु छ हजार लिएर नानी पठाउने गर्छ । अस्पतालले आँखाको प्रकृतिअनुसार रु १० हजारदेखि रु ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण गर्दै आएको मास्केले बताए ।
अस्पतालले आँखाको नानी प्रत्यारोपणका लागि डा पुष्पा गिरी श्रेष्ठलाई भारतको तामिलनाडु अध्ययन गर्न पठाएको थियो । उनी फर्किएपछि गतवर्षदेखि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको हो ।
डा श्रेष्ठका अनुसार आँखाको नानीमा चोटपटक लागेर नदेख्ने भएको तर नसा एवं पर्दा ठीक भएका बिरामीको आँखा प्रत्यारोपण गर्न सकिन्छ । यससँगै लामो समयदेखि फुलो परेर आँखामा समस्या आएकाकोसमेत प्रत्यारोपण गरिँदै आएको छ । अस्पतालमा हाल चारजनाले आँखाको नानी प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् । तिलगंगामा दाताभन्दा प्रत्यारोपण गर्ने बढेपछि पालो कुर्नुपर्ने अवस्था छ ।
भरतपुर आँखा अस्पताल नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको हो । संघका कार्यबाहक अध्यक्ष कृष्णराज धरेलले आँखा दानका विषयमा जिल्ला तहमा पनि प्रचारप्रसारको काम भइरहेको बताए । आँखा दान पुण्य काम हो भन्ने जनमानसमा बुझाउन सकेमा प्रत्यारोपणका लागि पालो कुर्ने अवस्था नआउने उनी बताउछन् । चितवन र छिमेकी जिल्लाका बासिन्दालाई सहज होस् भन्नका लागि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको र सफल हुँदैगएको उनले बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












