व्यक्तिगत घटना अनलाइनमा
काठमाडौँ, १८ असार । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ ।
विभागले दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको होे । विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले हालसम्म पाँच लाख ५४ हजार ९९२ जनाको घटना अनलाइनमा राखिएको बताए ।
उनका अनुसार तीन लाख २४ हजार ८६१ हजार जन्मदर्ता, ६१ हजार २६५ बसाइँ–सराइ, एक लाख १२ हजार ६५९ विवाह दर्ता, एक हजार ९४८ सम्बन्धविच्छेद र ५४ हजार २९५ मृत्युका घटना अनलाइनमा दर्ता गरिएको छ ।
“व्यक्तिको घटना दर्तालाई अनलाइनमा राखी कागजविहीन बनाउने योजनाका साथ अहिले अनलाइन दर्ता गरिरहेका छौँ”, उनले भने, “अनलाइनमा भएका कुनै व्यक्तिको विवरण खोज्दा सजिलै प्राप्त गर्न पुराना ढड्डा पल्टाउन पर्दैन ।”
सात सय ५३ स्थानीय तहमा छ हजार ७४३ वडा कार्यालय रहेकामा अहिलेसम्म एक हजार ५८८ वडा कार्यालयले अनलाइनबाटै दर्ता गरिरहेका छन् ।
इन्जिनियर पौडेलले सबै वडा कार्यालयमा इन्टरनेटको पहुँच नपुगेकाले दर्ता प्रक्रिया सोचअनुसार हुन नसकेको बताए ।
यसैगरी सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित बनाउन व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरिएको छ । विभागले सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको नामावली पनि अनलाइनमा राख्ने गरेको छ ।
“सम्बन्धित व्यक्तिले मात्र सामाजिक सुरक्षा पाउन् भन्नका लागि अनलाइनमा व्यक्तिको विवरण राख्न थालिएको हो ।”, विभागका सूचना अधिकारी खिलप्रसाद अधिकारीले भने, “सूचना प्रणालीमा दर्ता भएका व्यक्तिले मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएकाले व्यक्तिको नाम नदोहोरिने र अर्काले नपाउने हुन्छ ।”
विभागले अहिलेसम्म २३ लाख १४ हजार ५५१ जनाको नामावली अनलाइनमा दर्ता गराएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












