पर्खालमा जीप ठोक्किँदा सात घाइते
दार्चुला, १९ असार । महाकाली नगरपालिका–७ धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म १ ज २६८ नं को जीप दुर्घटना हँुदा जीपमा सवार सात जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप वडा नं ७ मा रहेको मालिकार्जुन मावि धापको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका १६ वर्षीय प्रतिभा जोशी र ४५ वर्षीय रमेश रैखोला गम्भीर घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि घर फर्काइएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुलाई २४ घण्टासम्म लागि अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् ।
दुर्घटना के कति कारणले भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धानका लागि चालक भूपिराम महर र सहचालक नवीन विष्टलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । पर्खालमा ठोक्किएको जीपको अगाडिको भागमा क्षति पुगेको छ ।
Comments
अरु समाचार
-
माछा मार्ने विस्फोट पदार्थ बनाउने क्रममा विस्फोट एक जनाको मृत्यु
काठमाडौं। पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला...
-
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको...
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
काठमाडौं । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे...
-
मुग्लिन–काठमाडौं सडक दैनिक तीन घण्टा बन्द हुने
काठमाडौं । मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत...
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
काठमाडौं । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...