मुस्ताङ ट्रिपर दुर्घटना: रोल्पा शोक मग्न, मजदूरका शव जिल्ला अस्पतालमा
लिबाङ, रोल्पा, २४ असार । मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ ।
जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका छन् । तीमध्ये थबाङ गाउँपालिकाका सात र सुनछहरी गाउँपालिकाका दुई जना छन् । दुर्घटनामा परी निधन भएकामध्ये तीन जनाको शव पोखरामा रहेका आफन्तले बुझेको र बाँकीको शव रोल्पा ल्याइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी निधन भएका थबाङ गाउँपालिका–५ उवा रोल्पाका राष्ट्रे रोका, महेश रोका र सिर्जना रोका तथा थबाङ– १ का सुकमान रोका, सुनछहरी– १ का रामकुमार पुन र सोन्तु घर्तीको शव रोल्पा ल्याइएको हो । यसैगरी थबाङ– ५ रोल्पाकी जीतमाया घर्ती र जीतकुमारी पुन तथा थबाङ– १ का मौसम घर्तीको शव भने आफन्तले पोखरामै बुझेका छन् । सडक निर्माणका लागि मुस्ताङ पुगेका रोल्पाका नौ मजदूरले टिपर दुर्घटनामा परी शुक्रबार ज्यान गुमाएका थिए ।
रोल्पा ल्याइएका शवको परीक्षण गरिसकिएको र आफन्तलाई बुझाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीले जानकारी दिए। उनका अनुसार दुई शव बुझ्का लागि आफन्त जिल्ला अस्पताल आइपुगेका छन् भने अन्य आफन्तलाई शव बुझ्का लागि खबर गरिएको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












