विश्वकपः सेमिफाइनल मंगलबारदेखि, विश्वकपको ट्रफि युरोपेली राष्ट्रले लाने पक्का
काठमाडौँ, २५ असार । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ ।
यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा (फ्रान्स घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत(घरेलु मैदानमा तत्कालीन प जर्मनीलाई हराई १९६६को विजेता) )र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।
क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गयो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । त्यसैगरी यता बेलायतले स्वीडेनलाई २–० तथा क्रोसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित ग¥यो ।
सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो कालमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्दैछ । पछिल्लो कालमा बेलायत २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












