खेल्दै सिक्ने केन्द्रको मूलप्रवाहीकरण
नेपालगञ्ज २६, असार । वैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण गरिँदैछ ।
कार्ययोजना निर्माणमा नेपालगञ्ज उपमहानगरपालिका, बाँके जिल्ला शिक्षा समन्वय इकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदल गठन गरिएको छ ।
‘करीब १२ हजारभन्दा बढी बालबालिका र किशोरकिशोरी विद्यालय बाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्यले थप रणनीतिक योजना निर्माण गर्न लागिएको हो’—जिल्ला शिक्षा विकास समन्वय ईकाइका प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।
खेल्दै सिक्ने केन्द्रलाई अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने केन्द्र राखिएका नेपालगञ्ज उपमहानगरपालिकाको टोल अन्तर्गतको वडा कार्यालयले यसको अपनत्व समेत ग्रहण गरेको छ ।
‘खेल्दै सिक्ने केन्द्र आफ्नाे वडामा रहेकाले अब यो हाम्रो जिम्मेवारीभित्र पनि पर्ने भएकाले यसका लागि आवश्यक सम्पूर्ण व्यवस्था वडा कार्यालयले गर्नेछ’—नेपालगञ्ज उपनपा वडा नं ४ का अध्यक्ष सफिक बेहनाको प्रतिबद्धता छ ।
नेपालगञ्जको वडा नं ४ र ८ मा दुईवटा खेल्दै सिक्ने केन्द्र सञ्चालनमा रहेका छन् । श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले केन्द्रमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले युनिसेफले केन्द्रमा पनि लगानी गर्दै आएको छ, युनिसेफका रामप्रसाद गौतमले बताए ।
केन्द्रमा १० वर्षदेखि १९ वर्ष उमेरका विद्यालय छाडेका तथा नगएका बालबालिका र किशोरकिशोरी विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशीलता, सूचना तथा प्रविधि, आयआर्जन लगायतका विषयमा ज्ञान हासिल गर्दछन्
Comments
अरु समाचार
-
मह बेचेर एक याममा १२ लाख आर्जन
काठमाडौं । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन...
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी...
-
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...
-
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...
-
लुम्बिनी सरकारमा नवनियुक्त मन्त्रीको शपथ आज
काठमाठौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका...
-
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका...
-
पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...