तटबन्ध निर्माणको ढिलाइका कारण गुलेरिया जोखिममा
बर्दिया, २७ ।बर्दिया जिल्ला स्थित बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् ।
बबई नदी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलयलाई जिम्मा दिएको हो ।
नदीको चार ठाउँमा तटबन्ध निर्माणका लागि रु १३ करोड बजेट विनियोजन गरिएको छ । गत वर्षदेखि नै शुरु गरिएको तटबन्ध निर्माण कार्य समयमा पूरा हुन नसक्दा गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका हुन् ।
बबई नदी नियन्त्रण र व्यवस्थापनको कार्य प्रगतिका वारेमा जानकारी लिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ र प्रतिनिधिसभा सदस्य सञ्जय गौतमसहितको टोलीले गरेको स्थलगत अनुगमनमा तटबन्ध निर्माणमा भइरहेको ढिलाइका कारण गुलरिया नगरपालिका, कृष्णसार संरक्षण क्षेत्र, पदनाहा, बनियाभार र मगरागाडी उच्च जोखिममा परेका छन् ।
पण्डितपुर, घोरपिट्टा र कुसुम्बाघाटमा तटबन्ध निर्माण भइरहेका छन् ।
वातावरण प्रभाव मूल्यांकन नभएकोजस्ता बहानाबाजी गरेर संवेदनशील ठाउँको तटबन्ध निर्माणमा ढिलाइ गरेको प्रजिअ रामबहादुर कुरुङवाङले बताए ।
एउटालाई दोष देखाएर आफू पन्छिने प्रवृत्ति हाबी छ, उहाँले भन्नुभयो, “नदी व्यवस्थापन गर्ने काम आफैँमा चुनौतिपूर्ण हो, अन्तिममा आएर यो नभएर निर्माण भएन भन्नु ठीक होइन ।”
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












