पर्यटन विकासका लागि पूर्वाधार जरुरी
धनगढी ३१, असार । पर्यटनको प्रवद्र्धन एवं विकासका लागि यससम्बन्धी चाहिने आधारभूत पूर्वाधार जुटाउन पहल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
आज यहाँ आयोजित प्रदेश नं ७ को पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धी छलफल कार्यक्रमका सहभागीले प्रदेश नं ७ मा गुरुयोजना बनाएर पर्यटन विकासका गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
सहभागीले प्रदेशमा पर्यटन बोर्डको कार्यालय स्थापना, गौरीफन्टा नाका र गड्डाचौकी नाकाको स्तरोन्नति, हिन्दूहरुको पवित्रस्थल मानसरोवरसम्म पुग्नका लागि उत्तर दक्षिण जोड्ने गरी सडक सञ्जाल निर्माणलगायतका पूर्वाधार निर्माणमा सरकारको ध्यान पुग्नुपर्ने बताए ।
छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको प्रवद्र्धन एवं विकासका लागि सरकार स्पष्ट योजनाका साथ अघि बढेको बताए ।
सरोकारवालासँग समन्वय गरेर सरकार पर्यटन विकासको काममा अघि बढ्न लागेको उल्लेख गर्दै मन्त्री अधिकारीले भने – “पर्यटनको विकासका लागि प्रदेश नं ७ मा यस अघिका वर्ष भन्दा बढी बजेट छुट्याउन लागिएको छ ।”
कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशी, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलगायतले पनि प्रदेश नं ७ को पर्यटन विकासका बारेमा बोलेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












