रुसबाट बिदा भयौँ, कतारमा भेटौँला
काठमाडौँ ३२, असार । एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ ।
फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा ब्राजिललाई ३–० गोलअन्तरले हराउँदै पहिलो पटक विश्वकपको उपाधि हात पारेको थियो ।
बीस वर्षअघि क्रोएसिया विश्वकपको सेमिफाइनलमा आयोजक फ्रान्ससँग क्रोएसिया २–१ले पराजित भएको थियो । क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । सन् १९९८ मा विश्वकपको सेमिफाइनलमा क्रोसियाको यात्रा डिडिएर डेसच्याम्प (हालका फ्रान्सेली प्रशिक्षक)को कप्तानीमा रहेको फ्रान्सले अन्त्य गरिदिएको थियो ।
सन् १९९८ विश्वकपमा फ्रान्सका कप्तान रहेका डेसच्याम्प दुई फरक भूमिकामा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि ब्राजिलका मारियो जगाल्लो र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको ट्रफी उचालेर इतिहास बनाएका थिए ।
मारियोले ब्राजिलबाट सन् १९५८ र १९६२ मा खेलाडी तथा १९७० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि दिलाएका थिए भने फ्रान्सले सन् १९७४ मा खेलाडी र १९९० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जिताएका थिए ।
उपाधिसँगै फ्रान्सले सुनको ट्रफिसँगै रु चार अर्ब १० करोड
पुरस्कार प्राप्त गरेको छ । उपविजेता क्रोएसियाले रु तीन अर्ब दुई करोड, तेस्रो भएको बेल्जियमले रु दुई अर्ब ९८ करोड तथा चौथो भएको इंग्ल्यान्डले रु दुई अर्ब ३७ करोड
पुरस्कार पाएको छ । क्वाटरफाइनलबाट बाहिरिएका उरूग्वे, ब्राजिल, रुस र स्विडेन प्रत्येकले रु एक अर्ब ७२ करोड, प्रिक्वार्टरफाइनलबाट बाहिरिएका पोर्चुगल, अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विट्जरल्याण्ड र कोलम्बिया प्रत्येकले रु एक अर्ब २९ करोड तथा समूह चरणबाट बाहिरिने १६ वटा टोली प्रत्येकले रु ८६ करोड ३२ लाख पुरस्कार प्राप्त गरेका छन् । विश्वकप फुटबल २०१८ को कूल पुरस्कार राशी रु ४३ अर्ब रहेको थियो ।
गत जेठ ३१ गते रुसको राजधानी मस्कोस्थित लुझनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै शुरु भएको विश्वकप गएराति सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा फ्रान्स र क्रोएसियाबीच सम्पन्न फाइनल खेलसँगै विधिवत् रुपमा सम्पन्न भएको छ ।
करीब ८८ वर्षको इतिहास बोकेको विश्वकप फुटबल प्रतियोगिताको २१औँ संस्करणसम्म आइपुग्दा आठवटा मुलुकले मात्र विश्वकपको ट्रफी चुमेका छन् । सन् १९३० मा पहिलो विश्वकपको उपाधि आयोजक उरुग्वेले जितेको थियो ।
सन् १९३४ र १९३८ मा लगातार इटाली, १९५० मा उरुग्वे, १९५४ मा तत्कालीन पश्चिम जर्मनी, १९५८ र १९६२ मा ब्राजिल, १९६६ मा इङ्ल्याण्ड, १९७० मा ब्राजिल, १९७४ मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना, १९८२ मा इटली, १९८४ मा अर्जेन्टिना, १९९० मा पश्चिम जर्मनी, १९९४ मा ब्राजिल, १९९८ मा फ्रान्स, २००२ मा ब्राजिल, २००६ मा इटली, २०१० मा स्पेन तथा २०१४ मा जर्मनीले विश्वकपको उपाधि चुमेको थियो ।
विश्वकप उपाधिको नजिक पुगेर पनि नेद्रल्याण्डस तीन पटक, चेकोस्लोभाकिया र हंगेरी दुई÷दुई तथा स्वीडेन र क्रोएसियाले एक÷एक पटक उपविजेताका रुपमा चित्त बुझाएका छन् ।
रुसका ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल सञ्चालन भएका थिए । एक महिनासम्म चलेको प्रतियोगितामा ३२ टोलीका कूल ७३६ खेलाडी प्रतियोगितामा सहभागि बनेका थिए । प्रतियोगिताभर ११० खेलाडीले गोल गरे भने सहभागी सबै ३२ टोली गोल गर्न सफल भए । प्रतियोगिताभर १६९ गोल भएका थिए । चार खेलाडीले रातो कार्ड, २१९ खेलाडीले पहेँलो कार्ड, १२ खेलाडीले आत्मघाती गोल तथा २२ खेलाडी पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता इंग्ल्याण्डका ह्यारी केन (६ गोल), बढी गोल गर्ने टोली, बेल्जियम (१६ गोल), बढी पटक आक्रमण गर्ने टोली क्रोएसिया (३५२ पटक), बढी पास खेल्ने इंग्ल्यान्ड (तीन हजार ३३६ पास) तथा राम्रो रक्षापंक्ति भएको टोलीको रुपमा क्रोएसिया चिनिएको छ ।
मोड्रिक सर्वोत्कृष्ट खेलाडी
क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बलको ट्रफी उचाले ।
यस्तै फ्रान्सका केलियन एमबाप्पेले फिफा उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए । उन्नाइस वर्षीय एमबाप्पेले विश्वकपमा चार गोल गरेका थिए । गोल्डेन बुटको अवार्ड इंग्ल्यान्डका कप्तान ह्यारी केनले पाए । उनले प्रतियोगितामा ६ गोल गरे । बेल्जिमयका गोलकिपर थिबाउट कोउटिइसले उत्कृष्ट गोलकिपरको अवार्ड हात पारे । स्पेन फिफा फेयर प्लेको अवार्ड जित्न सफल भयो ।
प्रतियोगितामा विश्वकपको दाबेदार मानिएका ब्राजिल, जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिको जस्ता टोली घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।
अघिल्लो विश्वकपको विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वार्टर फाइलनमा फ्रान्ससँग पराजित हुन पुग्यो ।
यस्तै, स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वार्टर फाइलनबाट बाहिरियो । प्रतियोगितामा पाँच पटकको विजेता ब्राजिल क्वार्टर फाइलनमा बेल्जियमसँग पराजित भयो ।
प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमस मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टा जस्ता खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।
इंग्ल्याण्डका ह्यारी केन, स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका एन्टेनियो ग्रिजम्यान, पाउल पोग्बा, कलियन एमबाप्पे, राफेल भरान, जापानका ताकासी इनुई, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरलगायतको प्रदर्शन लोभ लाग्दो रह्यो ।
कतारमा भेटौँला
फिफा विश्वकपको २२औँ संस्करण सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म एशियाली मूलुक कतारमा हुनेछ । कतारले प्रतियोगिताका लागि व्यापक रुपमा तयारी गरिरहेको छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











