रारा फुटबल किशोरि टिम लाइ फुटबल र जुत्ता प्रदान
काठमाडौँ १, साउन । स्पेनमा भएको फुटबल प्रतियोगिताबाट फर्केर आएका मुगुका किशोरी खेलाडीको समूह ‘रारा टिम’ लाई फुटबल र जुत्ता प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय कम्पनी ‘केल्मी ब्राण्ड’का नेपाल निर्देशक उत्तम नेपालले आज यहाँ आयोजित कार्यक्रममा मुगुका १७ फुटबल खेल्ने किशोरीलाई एक–एक वटा फुटबल र एक–एक जोर जुत्ता प्रदान गरेको हो ।
उनले स्पेनमा फुटबल खेल्न जाँदा फुटबल सामग्रीको अभावले राम्रोसँग तयारी गर्न नपाएकाले अहिले ती सामग्री प्रदान गरिएको र खेलाडीले राम्रोसँग फुटबल खेले अन्य सहयोगसमेत गरिने बताए।
“हामीसँग पहिले फुटबल सामग्री भएको भए स्पेनमा पनि राम्रोसँग खेल्ने थियौँ”, खेलाडी भाग्यलक्ष्मी भामले भने, “अब फुटबल र जुत्ताजस्ता सहयोगले प्रेरणा मिलेकाले विदेशीसँग जित्नेगरी खेल्ने छौँ ।”
स्पेन लैजान व्यवस्थापन गर्नुभएका सुनकली डकुमेन्ट्री प्रालिका निर्देशक भोजराज भाटले फुटबल सामग्रीले खेलाडीमा मनोबल बढाएको बताए ।
केही दिनअघि स्पेनमा भएको ‘डोनस्टिक कप इन्टरनेशनल’ प्रतियोगितामा बार्सिलोना, रियल मेड्रिट, एथलेटिक्स क्लब विलवाहुलगायत विदेशी क्लबसँग नेपालको रारा टिमले खेलेको थियो । प्रतियोगितमा विश्वका ६३० समूहका आठ हजार खेलाडी सहभागी थिए ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












