बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार
पाल्पा ४,साउन । पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् ।
पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् ।
गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो बन्दै गएसँगै बाँदर धपाउन समस्या भएको छ । महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा पटकपटक हैरानी परेको गुनासो बाँदर पीडितले गर्दै आएका छन् ।
रिब्दीकोट गाउँपालिका–३ का ९५ घरपरिवार मकैबारीमा बाँदरको बगाल बस्तीमा पसेपछि मकै नष्ट गरेको स्थानीय बासिन्दा रामबहादुर सुनारले गुनासो गरे । बाँदर पीडित सुनारले एउटा बगाल बाँदरलाई गाउँबाट धपाए पनि अर्को बगाल कताबाट आउँछ, थाहा नै हुदैन, मकै, तरकारी बाली उत्पादन गरे पनि बाँदरले नष्ट गरेको गुनासो प्रदेश साँसद तुलाराम घर्ती ‘बसन्त’, रमा घर्ती गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीलाई एक साथ पोखे ।
बाँदरलाई गाउँबाट धपाउन निकै मुश्किल बन्दै गएपछि आफूहरुले भरुवा बन्दुकसहित बाँदर नियन्त्रण गर्न पाउनुपर्ने प्रमुख माग राखेका छन् । वर्षभरि खाने पहाडी भेगको अन्नबाली नोक्सानी गरेपनि बाँदर पीडित संगठित भएका हुन् । रिब्दीकोट गाउँपालिका–३ का बाबुलाल रसालीले बाँदरले मकै र मृगले अन्नबाली नष्ट गरेसँगै किसानको मेहनत विफल भएको गुनासो पोखे । मकै बाली भित्राउने समयसम्म बाँदरबाट मकै जोगाइदिनका लागि सांसद तथा गाउँपालिका प्रमुखसँग बाँदर पीडितले अनुरोध गरे ।
प्रदेश सांसद तुलाराम घर्ती ‘बसन्त’ले बाँदरको समस्या सुने पनि आफूमाझ समस्याका रुपमा पहिलोपटक नयाँ प्रकृतिको समस्या आएको बताए । सिंह, बाघले क्षति गरे क्षतिपूर्ति पाउने व्यवस्था भएपनि बाँदरबाट भएको नोक्सानीको राहत पाउने व्यवस्था नभएको बताए ।
उनले बाँदर प्रवेश गर्ने स्थानमा मान्छे राखेर बाँदर धपाउनुपर्ने घर्तीले बताए । उनले भरुवा बन्दुक प्रयोग गरी बाँदर धपाउने व्यवस्था नभएकोले किसानलाई समस्या हुनु स्वभाविक नै हो । बाँदर नियन्त्रणका लागि कार्यविधि बनाएर भरुवा बन्दुक प्रयोग गरी बाँदर धपाउन सकिने सम्भावना रहेको बताए ।
प्रदेश सांसद रमा घर्तीले मकै तथा तरकारी उत्पादन गर्ने क्षेत्रमा बाँदरको समस्या रहिआएको अवस्था पशुपालन व्यवसाय गरेर पनि आम्दानी गर्न सकिने र बाँदरको समस्या पनि हट्ने बताए । उनले गाईभैँसी, बाख्रा तथा बंगुरपालन व्यवसाय सञ्चालन गरी मनग्य आम्दानी गरेर युवाले स्वदेशमै केही गर्न सक्ने सांसद घर्तीको भनाइ थियो ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीका अनुसार हाल बाँदरबाट अन्नबाली नोक्सानी हुन नदिनका लागि नियमित रुपमा स्थानीय बासिन्दाले संगठित भई बाँदर धपाउनुपर्ने बताए । यो समस्या समाधानका लागि गाउँपालिकाले बाँदरबाट नोक्सानी कम हुने अन्नबाली तथा पेशातर्फ किसानलाई आकर्षित गर्नुपर्ने देखिएको छ ।
मकै तथा तरकारी उत्पादन हुने क्षेत्रदेखि १० मिटर टाढासम्म बाँदर बेहोस हुने घाँसको खेती गर्दा बाँदर नियन्त्रण हुनेछ । बाँदर घाँसमा प्रवेशसँगै बेहोस हुने र सोही समयमा नियन्त्रणमा लिन सकिने यसका जानकार बताउँछन् ।
पछिल्ला वर्ष वन संरक्षणसँगै पाल्पाका रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली माथागढी, तिनाउ गाउँपालिकालगायतका बाँदरका कारण किसान हैरानी भोग्न बाध्य छन् ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












