एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले खेल्न सम्भाबना बलियो
काठमाण्डाैँ ९, साउन । एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सेप्टेम्बर १५ तारिखदेखि २८ तारिखसम्म युएईमा एसियन कप क्रिकेट हुँदैछ । समूह ए मा पाकिस्तान भारत एसिया कप छनोट प्रतियोगिताको विजेता रहनेछ । त्यस्तै, समूह बि मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
यसको विजेता टिमले एसियाका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउने छन् । भारत र पाकिस्तान समूह ए मा छन् । छनौट प्रतिस्पर्धाको विजेता पनि यहि समूहमा रहनेछ । यसको अर्थ नेपालले छनौट प्रतिस्पर्धा जितेमा भारत र पाकिस्तानसँगको समूहबाट खेल्नु पर्नेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् ।
समूह चरणका खेल सेप्टेम्बर १५ देखि २० तथा सुपर ४ का खेलहरु सेप्टेम्बर २१ देखि २६ सम्म हुनेछ । फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ । सन् २०१६ मा ट्वेन्टी-ट्वेन्टी फर्म्याटमा भएको एसिया कप यसपटक एक दिवसीय फर्म्याटमा हुँदैछ । एसिया कपको साबिक विजेता भारत हो ।
पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले एसिया कपका लागि ६ टिम सम्मिलित छनौट प्रतियोगिता खेल्दैछ । जसमा एक दिवसीय मान्यता प्राप्त देश युएईसँगै हङकङ, ओमान, सिंगापुर र मलेसिया रहेका छन् र नेपालले यिनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गएको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटमा एसोसिएटतर्फ शीर्ष तीनमा अटाउन सफल हुँदै एक दिवसीय मान्यता पाएको नेपाल अहिले बेलायत र नेदरल्याण्ड्स भ्रमणमा छ । नेपालले जुलाई २९ मा लड्र्समा ट्राई सिरिज र अगष्ट पहिलो हप्ता नेदरल्याण्ड्ससँग उसैको मैदानमा एक दिवसीय शृङ्खला खेल्दैछ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












