मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन
इटहरि १२, साउन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन्।
उनले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको जानकारी दिए ।
मुख्यमन्त्री राईले इटहरी उपमहानगरपािलका– ३ मा रहेको पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको आज उद्घाटनपछि बोल्दै सो धारणा व्यक्त गरेको हो ।
मुख्यमन्त्री राईले यो प्रदेशलाई नेपालकै सुन्दर, समृद्ध र सवल प्रदेशका रुपमा उभ्याउन आफू गम्भीर भएको बताए।
कार्यक्रममा प्र्रदेश सांसद एवं इटहरीको तालतलैया क्षेत्रको परिकल्पनाकार सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, वडा नं ३ का वडाअध्यक्ष बालकृष्ण विष्ट र तुलाराम लिम्बूगायतले बोलेका थिए।
तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्वूले कार्यक्रमको अध्यक्षतासहित आफ्नो धारणा राख्दै मोटरबोट रु साढे आठ लाखमा आयात गरेको तथा उक्त मोटरबोटमा एक पटकमा १० जना मानिस राखेर जलविहारको थप पूर्वाधार खडा गरेको जानकारी दिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











