प्रदेश नं १ः सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने
विराटनगर १३, साउन । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ ।
गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।
मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि दीर्घकालीन कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहुलियत दिएर एमबिबिएस अध्ययन गराउन सहयोग गर्ने योजना तथा कार्यक्रम बनाएको छ ।
एमबिबिएस अध्ययन सकेपछि कम्तीमा पाँच वर्ष ग्रामीण क्षेत्रमा बसेर काम गर्न करार गराइने छ । पूर्व क्षेत्रको विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजनानुसार प्रारम्भिक काम अस्पताल सुदृढीकरणबाट थालिएको छ ।
सोअनुसार मुटुरोग सेवा, प्रयोगशाला, नाक, कान, घाँटी उपचार सेवा, अर्बुदरोग उपचार सेवा जस्ता पुनःसञ्चालन गरिनाका साथै नशा उपचारका लागि बहिरङ्ग सेवा प्रारम्भ गरिएको छ ।
अस्पतालले मासिक आम्दानी करीब रु २० लाख गरेको पाइएको छ । मन्त्रालयले शिक्षण अस्पताल सञ्चालनका क्रममा यसै वर्ष एमडी र अर्को वर्षदेखि एमबिबिएसका कक्षा थालनी गर्ने मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरेले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका जटिलताको समस्या पहिचान तथा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले विसं २०७५ वैशाख १ गतेदेखि स्वास्थ्य प्रवद्र्धन वर्ष –२०७५ मनाउने कार्य थालनीसँगै प्रदेशभरी योग शिविर, सरसफाइ अभियान, ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
योग र प्राकृतिक चिकित्साको माध्यमबाट प्रतिरोधात्मक रोग नियन्त्रण र स्वास्थ्य प्रवद्र्धनमा पनि मन्त्रालयले ध्यान दिनेछ । जिल्ला अस्पतालको सेवालाई एकीकृत गरी आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा प्रणालीसमेत सञ्चालन हुने प्रबन्ध मिलाइने योजना मन्त्रालयको छ ।
गाउँघर र विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रदेश मन्त्रालयले पाँचथरको रवी, संखुवासभाको धर्मदेवी मुढेशनिश्चरे, खोटाङको रावाबेंसी र ओखलढुंगामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी करीब ५० हजार जनालाई सेवा प्रदान गरेको मन्त्रालयका कर्मचारी घिमिरेले बताए ।
मन्त्रालयले प्रदेशमा स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको विवरण अद्यावधिक गर्नु, १४ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नु, बाल विवाह अन्त्यका लागि सचेतना अभियान सञ्चालन गर्नु, स्वास्थ्य सरसफाइ तथा शिक्षासम्बन्धी जनचेतनामूलक सडक नाटक सञ्चालन गर्नु, किशोरीका लागि महिनावारी स्वास्थ्य अभियान सञ्चालन गर्नु, निजी अस्पताल तथा नर्सिङ होमको नियमन गर्नु सकारात्मक देखिएको छ।
त्यस्तै पक्षाघात भएका बिरामीका लागि स्वास्थ्य सुधारका लागि कोशी अञ्चल अस्पतालसँग समन्वय गरी उपचार कार्यक्रम सञ्चालनबाट ३५ जना लाभान्वित हुनु र सरसफाइ अभियानकै रुपमा सञ्चालन गर्दै सार्वजनिक शौचालय गाउँघर, आँगन सफा राख्नका लागि विभिन्न संघसंस्थाको सहकार्यमा चेतनामूलक, प्रवद्र्धनात्मक तथा नियमक क्षेत्रमा कार्ययोजना बनाई अभियान थालनी गर्नु मन्त्रालयको गठन भएको पाँच महीनाको उपलब्धिलाई नागरिकले खुशीका रुपमा लिएको पाइएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











