विराटनगर जुटमिल विवाद प्रकरण : भ्रम खेति गर्दै नेपाल पक्ष
विरानगर १७, साउन । नेपालको जेठो उद्योग विराटनगर जुटमिल यतिबेला असहमति र गुटबन्दीको पिल्सिएको छ । जुटमिल संचालन गर्ने सरकारले बताइरहदा मिल्स् आन्तरिक विवाद मा रुमल्लिरहेको छ । अहिले विराटनगर जुटमिलमा दुईजना वसन्त वन र मुकुन्द प्रसाद नेपालले आ–आफ्नो समूहको आधिकारिता भएको भन्दै विभिन्न वक्तव्यबाजी गरिरहेका छन्।
विराटनगर जुटमिलका अध्यक्ष वसन्त वनले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल समूहले आफ्नो विषयमा विभिन्न प्रोपगाण्डा गरेको भन्दै विरोध गरे। उनले नेपाल समूहले सात जनाको संचालक समिति हुँदाहुँदै दुई जनाको बैठक बसेर आफूलाई हटाएको र मुकुन्द नेपाललाई अध्यक्ष बनाएको प्रपोगाण्डा गरेको दाबी गरे।
‘जुटमिलमा विगतदेखि सिन्डिकेट चलाइरहेकाहरूले विभिन्न अफवाह फैलाएर म र जुटमिलमाथि अत्याचार गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अच्युतराज श्रेष्ठबाट खरिद गरि लिएको १५० कित्ता र निलहरि काफ्लेबाट खरिद गरेको २०० कित्ताबाट नेपाल सरकारको ६८ प्रतिशत शेयर कायम गरी बाँकी हुन आएको ७९ कित्ता गरी जम्मा २२९ कित्ता शेयर मेरो नाममा रहेको छ ।’
शेयर धनीको हैसियतमा गत ०७४ वैशाख ४ गतेको विशेष साधारणसभाबाट कायम भएर २०७४ साउन ८ गते आफू अध्यक्ष भएको वनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यता अध्यक्ष आफू भएको दाबी गरिरहेका मुकुन्दप्रसाद नेपालले भने विभिन्न पत्रत्रिकामा सूचना निकालेर वसन्त वन जुटमिलको कुनै पनि पदमा नरहेको कारण जुटमिलको नाममा कुनै पनि कारोबार नगर्न सबैलाई आग्रह गरेका छन्।
‘मिति २०७५ वैशाख २० गतेसम्म यस लिमिटेडका अध्यक्ष रहेका जि. सोलुखुम्बु जुबु–५, स्थायी ठेगाना भई काठमाडौं बस्ने वसन्त वन हालसम्म पनि विभिन्न निकाय तथा व्यक्तिहरूसँग आफू विराटनगर जुट मिल्स लिमिटेडको अध्यक्ष भएको भन्दै विभिन्न व्यवहार गर्दै आउनु भएको सुनिन आएको छ,’ सूचनामा उल्लेख छ, ‘निज वसन्त वन हाल यस विराटनगर जुट मिल्स लिमिटेडको कुनै पनि पदमा नरहनु भएको जानकारी गराउँदै निजसँग विराटनगर जुट मिल्स लिमिटेडको लागि कुनै पनि कारोबार नगर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’
वन २०७५ वैशाख २० गते पछाडि कुनै पनि पदमा नरहेको सूचनामा जिकिर गरिएको छ। उक्त सूचनाको विषयमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा वनले जुटमिल बिक्री गर्न चाहनेहरूले विभिन्न प्रपोगाण्डा गरेको बताए। ‘हाल विराटनगर जुटमिल्समा ७ सदस्यीय समितिमा अध्यक्ष वसन्त वन, संचालक समिति सदस्यहरु मुकुन्दप्रसाद नेपाल, फूलकुमार लालवानी, डा. इन्दीरा पराजुली र देवचन्द्र चौधरी गरी पाँचजना कायम रहेको अवस्थामा नेपाल र लालवानीले बैठक बसेर अध्यक्ष चयन गरिएको हवला दिइएको छ,’ वनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जम्मा सात सदस्यीय संचालक समितिमा दुर्इजनाले गरेको निर्णय कसरी वैधानिक हुन्छ? त्यही निर्णयको आधारमा विभिन्न सूचना र वक्तव्यबाजी गर्नु षड्यन्त्रको पराकाष्ठ हो।’
अहिले अध्यक्ष भएका भनिएका नेपाल कहिले कसरी र कुन प्रक्रियाबाट त्यो जिम्मेवारी पाउनु भएको हो भन्ने कुराको कुनै वैधानिक आधार नभएको वनको दाबी छ। अध्यक्ष वनले आफू आधिकारिक रूपमा शेयर सदस्य रहेको र तत्कालीन प्रबन्धक संचालक निलहरि काफ्ले २०७५ वैशाख १३ गतेको निर्णयबाट हटिसकेको पनि दावी गरे। विराटगर जुटमिलमा भएको अनियमितताको विषयमा सरकारले न्यायिक समिति निर्माण गरेर छानविन गर्ने तयारी गरेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने पनि बताए। विराटनगर जुटमिलमा यसअघि भएको शेयर विवाद हल गर्दै सरकारको ६८ प्रतिशत शेयर कायम गरिएको, जुटमिल्सका सामान मर्मत, विद्युत् जडान र अन्य काम पनि अन्तिम चरणमा पुगेको कारण छिट्टै मिल संचालन हुने पनि वनले दावी गरे।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











