फोटो कथा

रमेश दवाडी/फोटोग्राफीमा विशेष चासो भएकोले म जुनसुकै अवस्थामा पनि म फोटो खिच्न उत्सुक हुन्छु । राम्रो र विशेष क्षणको फोटो खिच्न फोटोग्राफरहरू सधैं लागि पर्दछन् । म मिडियाकर्मी पनि भएको नाताले मैले समाचारमूलक फोटोलाई विशेष ध्यान दिन्छु । भनिन्छ–‘एउटा फोटोले हजारौं शब्द बोल्छ ।’ फोटोको क्षमतामा जति शब्द खर्चे पनि कमै होलान् ।
प्रस्तुत तस्बिरको आफ्नै कथा छ । तस्बिर हेर्दा पनि प्रस्ट हुन्छ । मैले यो तस्बिर बागमती नदीमा खिचेको हुँ । जुनसुकै अवस्थामा पनि क्यामेरा लिएर हिड्ने बानीले कहिलेकाहीं यस किसिमका तस्बिर खिच्न पनि मौका मिल्छ । फोटोग्राफर या फोटोपत्रकारलाई चुनौती भनेकै कस्तो क्षणको फोटो कुन कोणबाट खिच्ने भन्ने हो । लेन्स, प्रकाश, लोकेशन सबै मिलेको अवस्थामा फोटो राम्रो आउँछ । तर, प्रस्तुत तस्बिरजस्तो खिच्न भने सधैं कठिन हुन्छ ।
बागमतीमा गर्मी छल्न चार बालबालिका पौडी खेल्दै थिए । अपरान्ह चार बजेको समय थियो । पशुपति आउने मानिसहरू वरपर घुम्दै तिनै बालकहरू पौडी खेलेको हेरिरहेका थिए । मौसम सफा थियो । बर्खायामको बागमती नबढ्ने कुरै भएन । बढेको अवस्थामा पनि पौडी खेल्नु आफैमा जोखिम हुन्छ । पौडी खेल्नै गरेको अवस्थामा यी बालकलाई भने बागमतीले बगायो । ब्रह्मनलबाट बगायो । हेदै गर्दा यी बालक पौडिन सकेनन् र अन्ततः डुबे । उनले डुब्नै लाग्दा मैले फोटो खिच्न पनि भ्याएछु । बगाएर भष्मेश्वर घाटसम्म पु¥याएपछि सबै उद्धारमा लागे तिनै पौडी खेलेको हेर्ने मान्छेहरू । त्यस अवस्थामा मैले पनि फोटो खिच्नभन्दा मानवीय संवेदनाका कारण बचाउनतिर लागियो । उद्धारपछि बालक प्राथमिक उपचारपछि बाँचे । प्रस्तुत तस्बिर क्यानोन १३०० डी बाट खिचिएको हो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












