उपनिर्वाचनका लागि रुकुमलाई बिषय बनाउन खोज्नु , रुक्मेलि जनमतमा प्रश्न चिन्ह खडा गर्नु हो:सांसद कमला रोका
काठमाडाैँ २६,भदाै । पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमला रोकाले नेकपाका नेता वामदेव गौतमलाई रुकुम पूर्वबाट उपनिर्वाचन गराएर सांसद बनाउने कुरामा कुनै सत्यता नभएको र गौतमलाई पूर्वी रुकुम वा प्युठानबाट उम्मेदवार बनाउने कुरा निराधार भएको बताइन्
उहाँले पार्टीमा कतै चर्चा नचलेको र नेताहरुको दिमागमै यस्तो कुरा नभएको बताउनुभयो । ‘पार्टीले रुक्मेलि जनताको जनमतको अपमान हुने गरी पार्टीले यस्तो कुरा सोच्नै सक्दैन’ । ‘यस्तो छलफल चल्नु तातो आगोमा हिड्नु सरह हो, यस्तै निरर्थक प्रस्ताव पार्टीमा आउने छैन र बहस पनि हुँदैन ।’
‘चुनाव हार्ने जित्ने एउटा पक्ष हो तर कुनै पनि व्यक्ति चुनाव लडेपछि उ त्यहाँको आफ्नो मतदाताको प्रतिनिधि हो’। ‘बामदेव कामरेड हिजो जुन ठाउँबाट चुनाव लड्नुभएको थियो, अहिले उहाँ आफ्ना मतदाताको प्रतिनिधि हो, त्यसैले कम्तीमा पाँच बर्ष धैर्यधारण गर्नु सही हुनेछ ।’ त्यसो त पार्टीको बरिष्ठ नेता भएकाले यो अवधिमा राम्रोसँग पार्टी चलाउने उहाँको दायित्व अझ बढी भएको उहाँको सुझाव थियो ।
सांसद कमला राेकासँगकाे अन्तर्वार्ताको अंस:
पार्टी नेता बामदेव गौतमलाई तपार्इकाे निर्वाचन क्षेत्र (पूर्वी रुकुम)बाट उम्मेदवार बनाउने प्रतिनिधि सभामा भित्र्याउने बारे छलफल भइरहेको छ । तपाईलाई जानकारी छ ?
काठमाडौँबाट आफ्ना मतदाता भेटघाटका लागि रुकुम जाने क्रममा बुटवल आइसकेपछि यसबारे मैले सञ्चारमाध्यमबाट थाहा पाए । आधिकारिक रुपमा अहिलेसम्म पनि पार्टीका तर्फबाट मलाई कुनै जानकारी आएको छैन । र यसबारेमा छलफल भएको होला जस्तो लाग्दैन ।
जुन चर्चामा रहेको बिषय हजुरको बिचारमा कस्तो लाग्छ ?
यो अनावश्यक कुरामा टाउको दुखाउनुपर्ने कुनै कारण छैन् । मैले यसअघि नै भने यो बारेमा कुनै छलफल भएको होला भन्ने मलाई कति पनि विश्वास छैन ।
शिर्षस्थ तहमा छलफल भइरहेको चर्चा छ । आधिकारिक निर्णय भयो भने के गर्नुहुन्छ ?
यस्तो निर्णय कुनै पनि हालतमा होला जस्तो मलाई लाग्दैन । जनमतको अपमान हुने गरी पार्टीले निर्णय गर्ला जस्तो मलाई लाग्दैन । जनताले पार्टीलाई जनमतको अपमान हुने गरी यस्तो अनावश्यक निर्णय गर्न मत दिएका हैनन् । र निर्णय भइहाले पनि मैले जनमतको अपमान हुने गरी राजीनामा दिने कुरा हुँदैन ।
प्रतिनिधिसभामा बामदेवलाई भित्र्याउन किन यति धेरै रस्साकस्सी शिर्ष तहमा भइरहेको छ ?
बामदेव जीले बर्दियाका जनताको मतको सम्मान गर्न सक्नुपर्छ । उहाँले निर्वाचन हारेको भएपनि त्यति धेरै जनताले उहाँलाई मत दिएका छन् । निर्वाचनमा हारजित हुन स्वाभाविक हो । उहाँले पाएको मतको सम्मान गर्न सक्नुपर्छ । जनताको राजनीति गर्ने मान्छेले जनताको निर्णय स्विकार्नु पर्छ भन्ने कुरा मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । कस्को आवश्यक्ता कति भन्ने कुरा जनताले फैसला गर्ने हो । उहाँ सांसद हुनैपर्ने थियो भने बर्दियाका जनताले उहाँलाइ किन जिताएनन् ? त्यसैले मेरो एउटै सुझाव छ — अब अन्यत्रबाट निर्वाचनमा उठेर सांसद बन्ने सोच त्याग्नुस् । बर्दिया र अन्य स्थानका जनमतको अपमान नगर्नुस् ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












