तपाईको आजको दिन कस्तो छ दैनिक रासिफलले यस्तो भन्छ
वि सं २०७५ साल असोज ८ गते। सोमबार। इश्वी सन् २०१८ सेप्टेम्बर २४ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्दशी, ६स्३१ बजेउप्रान्त पूर्णिमा।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मिहिनेतले आम्दानी बढाउनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी कामको यश प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि फाइदै हुनेछ। प्रतिष्ठित व्यक्तिको सहयोग जुट्नेछ। साँझतिर आम्दानी हातबाट बाहिरिन सक्छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
अरूका कामकाजमा अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरका लागि चुनौतीपूर्ण काममा जुट्नुपर्नेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम रोकिएला। कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। साँझतिर व्यावसायिक काममा देखिएका समस्या समाधान गर्न सकिनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समयमै सावधान हुँदा क्षति कम हुनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
समय अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायले यात्रा गराउन सक्छ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। साँझतिर अप्ठ्यारा परिस्थितिसँग संघर्ष गर्नुपर्ने स्थिति पनि आउन सक्छ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
चुनौतीहरूलाई पन्छाएर नतिजा हात पार्न सफल भइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। परिस्थितिवश चिताएको काम सम्पादनमा विलम्ब हुनेछ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्ला। तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साँझतिर स्थितिमा सुधार आउनाले दिगो योजना अघि बढाउन सकिनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। नयाँ काममा हात हाल्ने समय छ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। साँझतिर कामको चाप बढ्नेछ भने कृषि–चौपायामा फाइदा हुनेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। साँझतिर वादविवाद बढ्ने र काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। साँझतिर आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेहोसीले नोक्सान पुर्याउन सक्छ। आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। तापनि, टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। साँझतिर पारिवारिक मिलनले मन आनन्दित हुनेछ।
Comments
अरु समाचार
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











