शिक्षक सेवा आयोगको परीक्षाको लागि जिल्लाका धेरै विद्यालय बन्द
डडेल्धुरा ८असोज । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । प्रायः सबै शिक्षक परीक्षा दिन जाने भएकाले अधिकांश विद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो ।
उक्त जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र कैलाली जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्बद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ । जिल्लाका धेरैजसो विद्यालय १५ दिनका लागि र केही विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधारण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन् ।
गन्यापधुरा गाउँपालिकाका केही विद्यालयमा बर्खे तथा जाडो बिदाबाट कटाउने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको उक्त गाउँपालिकाका निमित्त शिक्षा एकाई प्रमुख प्रेमसिंह ऐरले बताए । उक्त आयोगले माविको यही असोज ११, आधारभूतको १२ र प्राथमिकको परीक्षा १३ गते लिने भएको छ ।जिल्लाको पहाडी भेगमा ४५ दिन हिँउदे बिदा दिइन्छ भने अन्य भित्रीमधेश र केही पहाडी विद्यालयमा वर्षात्को बेला बिदा दिइन्छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि छैनन् सम्पर्कमा !
काठमाडौं । हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौंमा भदौ...
-
खसी विवादपछि कुटाकुट हुँदा एक जनाको मृत्यु !
काठमाडौं । बाँकेमा खसी किन्ने क्रममा विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान जिल्लाको नेपालगन्ज...
-
सुदूरपश्चिममा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड
काठमाडाैं । सुदूरपश्चिममा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ। सोमबारदेखि जारी आन्दोलनका कारण काठमाडौं उपत्यकासहित देशभरको अवस्था तनावग्रस्त छ।
-
डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
काठमाडाैं । नवदुर्गा गाउँपालिका–५ को चौडमा डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब...












