पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमितलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतलको पक्राउ पुर्जी जारी
काठमाडौँ ९,असोज। पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
पुल निर्माण पाएको ठेक्का समयमा नै नसक्दा दुर्घटनाको घटना भएको भन्दै अध्यक्ष रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए।
रौतहटको लालबकैया नदीमा भदौको पहिलो साता भएको डुङ्गा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो। नदीमा पुल नबन्दा दुर्घटना भएको भन्दै स्थानीय आक्रोसित बनेका थिए। पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो। घटनालाई लिएर पटक पटक बोलाउँदा पनि नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएको एसपी ढकालले जानकारी दिए।
अदालतले सोमवार पुर्जी जारी गरेको छ। प्रहरीले आज रौनियारलाई खबर गर्दा नआए प्रहरी टोली पठाएर पक्राउ गर्ने तयारी गरेको छ।
पप्पु कन्स्ट्रक्सनले देशभरि लिएका अधिकांश निर्माण कार्य पूरा नगरेको, गरेको ठाउँमा पनि गुणस्तर काम नभएको आरोप लाग्दै आएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












