गुल्मीमा दशै, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना
गुल्मी१४ असोज। गुल्मीमा दशै, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।
रिडी बसपार्क, बुढाथोकी बसपार्क र उदिनढुङ्गन बसपार्क गरी तीन स्थानमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।
दशैं तिहारकासमयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिककै सजिलोको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।
यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिनुपर्ने समेतका घटनालाई मध्येनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको बस्नेतले बताए ।
सहयता कक्षवाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने प्रहरी प्रमुख बस्नेतले बताए ।
सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्बन्धित यातायात ब्यवसायी संघ, संस्थासंग समन्वय गर्ने काम प्रहरीले गर्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक डोरबहादुर थापाले बताए ।
चाड पर्वका बेला हुनसक्ने आपराधिक कि्रयाकलाप नियन्त्रण, सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नसरल सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले बताए ।
तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्ने बताइएको छ । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माईकिङ गर्ने प्रहरीले जनाएको छ ।
नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् । यो अवधिमा दुर्घटना हुने भएका सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक थापाले बताए ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












