विराटनगरलाई स्थायी राजधानी बनाउन अभियान सुरु
विराटनगर १५,असोज । विराटनगरलाई प्रदेश–१ को स्थायी राजधानी बनाउन निजी क्षेत्र, नागरिक समाज, बुद्धिजीवि र राजनीतिक दलहरू एकजुट भएका छन् । उनीहरूले विराटनगरभन्दा बाहिर राजधानी लगिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनीसमेत दिएका छन् ।
केही समययता सत्तापक्षकै सांसदहरूले विराटनगरलाई स्थायी राजधानी बनाउन नहुने अभिव्यक्ति दिन थालेपछि उद्योगी व्यवसायीसहित नागरिक समाज एकजुट भएका हुन् । “ऐतिहासिक नगरी विराटनगरलाई राजधानी हुन नदिने षडयन्त्र भइरहेको छ,” उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, “यदि विराटनगरभन्दा बाहिर स्थायी राजधानी लगिए कडा आन्दोलन गर्छौं ।”
घिमिरेले तुल्नात्मक रुपमा अन्य सहरभन्दा विराटनगर सबै आधारमा स्थायी राजधानीका लागि उपयुक्त रहँदारहँदै अन्यत्र सार्ने चलखेल हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले राजधानी अन्यत्र लाने प्रयास अन्यायपूर्ण हुने बताउँदै विराटनगरलाई नै स्थायी राजधानी कायम गर्न दबाबमूलक कार्यक्रम र आवश्यक परे शान्तिपूर्ण आन्दोलन घोषणा गरिने चेतावनीसमेत दिए । “स्थायी राजधानी नबनाए सबै उद्योगधन्दा बन्द गरेर हामी सडक संघर्षमा उत्रन्छौं,” उनले भने, “सहमति गरेर तत्काल राजधानीको विषय टुंगो लगाउनुपर्छ ।”
उद्योग संगठन मोरङको अगुवाईमा आइतबार आयोजित अन्तरक्रियात्मक सुझाव संकलन कार्यक्रमका सहभागी सरोकारवालाले सबै हिसाबले प्रदेश–१ को स्थायी राजधानीका लागि विराटनगर नै उपयुक्त भएको निष्कर्ष निकालेका छन् । कार्यक्रमका सहभागीले ऐतिहासिक, राजनैतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नभएको बताए । प्रदेशसभाका सांसद केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायम गर्न आफूहरू लागिपरेको बताए । विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले विगतका अनुभवबाट पाठ सिकेर विराटनगरलाई नै राजधानी कायम गर्नुपर्नेमा जोड दिइन् । “स्थायी राजधानीका लागि विराटनगरको विकल्प छैन,” कार्कीले भनिन्, “पूर्वाधार र ऐतिहासिकताका आधारमा तत्काल विराटनगरलाई नै स्थायी राजधानी तोक्नुपर्छ ।”
एलिट क्लबका अध्यक्ष डा. भेषराज धमलाले अर्बौं लगानी गरेर राजधानी अन्यत्र लानु तर्कसंगत नहुने बताए । “अस्थायी राजधानीका लागि अर्बौं रुपैयाँ लगानी भइसकेको छ,” धमलाले भने, “मुख्यमन्त्रीदेखि अन्य मन्त्रीहरूको कार्यालय स्थापना भइसकेको छ, प्रदेश प्रमुखको कार्यालय पनि स्थापना भएको छ । अब अन्यत्र लानु भनेको फेरि जनतालाई अर्बौं रुपैयाँ भार पर्नु हो ।” प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले सम्पूर्ण मन्त्रालय र महत्वपूर्ण कार्यालयहरू एकैठाउँमा राख्नुपर्ने विचार व्यक्त गरे । चिकित्सक संघका तर्फबाट डा. कैलाश श्रेष्ठ, सामाजिक अभियन्ता दुर्गा चापागाईं, संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेशकुमार मास्के, साहित्यकार दिनेश सुवेदीलगायतले विराटनगरलाई स्थायी राजधानी कायम गराउन संघर्ष समिति गठन गरेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
यसैबीच, प्रदेशसभामा पनि राजधानीका विषयमा बहस सुरु भएको छ । प्रदेशसभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विपक्षी दल र सरोकारवालाहरूसँग कुनै परामर्श नगरी राजधानीको नाममा सरकारले खिचडी पकाइरहेको आरोप लगाए । कांग्रेसकै सांसद सूयर्माराज राईले राजधानी र नामांकन टुङ्ग्याउन ढिला भइरहेको भन्दै राजधानी छरपष्ट पार्ने प्रयास संघीयताको मर्म र भावनाविपरीत हुने दाबी गरे । प्रदेश सरकारका सबै प्रादेशिक निकायहरू एकै स्थानमा हुनेगरी राजधानी तोकिनुपर्ने बताउँदै उनले दुई तिहाईको नाममा तमासा नदेखाउन सरकारलाई चेतावनी दिए । “मन्त्रालयहरूलाई विकेन्द्रिकरण गर्ने निर्णय कांग्रेसलाई मान्य हुँदैन,” उनले भने, “सरकारले जनतालाई अलमल्याउने काम गरिरहेको छ ।” मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका कार्यपालिका, व्यवस्थापिका, प्रदेश प्रमुखको कार्यालयलगायतका संरचनाहरू अलग–अलग स्थानमा राख्ने आन्तरिक प्रस्ताव गरेपछि नेकपाभित्र र बाहिर पनि तरंग उत्पन्न भएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











