आज नेवानिको काठमाडाैं-दाङ उडान परीक्षण,दशैंमा दाङमा पनि हवाई सेवा
दाङ १६,असोज । दंगालीहरु आफ्नै जिल्लामा विमान चढेर दशैं मान्न जान पाउने सम्भाबना बढेको छ । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएपछि दंगालीहरुले खुसी व्यक्त गरेका छन् ।
मंगलबार नेपाल एयरलाइन्सको सानो जहाजले परीक्षण उडान गर्ने छ । परीक्षण उडानमा पाइलट, प्राविधिक र जनप्रतिनिधिहरु रहने छन् । उनीहरुले दिने रिपोर्टका आधारमा एयरलाइन्सले जहाज उडानको नियमित तालिका बनाउने छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलका अनुसार परीक्षण सफल भएमा दशैं अगाडिबाटै काठमाडौं-तुलसीपुर सातामा दुईपटक सेवा सञ्चालनको तयारी गरिएको छ । सम्भवतः सोमबार र शुक्रबार उडान हुने छ ।
‘दशैंलगत्तै दैनिक उडान भर्नका लागि हामीले तालिका बनाइरहेका छौं,’ उनले भने, ‘साता दिनभित्र सबै प्रक्रिया पूरा भएर विमान कमर्सियल रुपमा सञ्चालन हुनेछ ।’
काठमाडौंबाट भैरहवा हुँदै तुलसीपुर
नेपाल वायु सेवा निगमको जहाज काठमाडौंबाट भैरहवा हुँदै तुलसीपुरस्थित टरीगाउँ विमानस्थलमा अवतरण गर्ने छ ।
टरीगाउँ विमानस्थलमा इन्धन डिपो नभएकाले भैरहवा विमानस्थल प्रयोग गर्नु परेको हो । तुलसीपुरमा इन्धन डिपो नहुुँदा तुलसीपुरमा हवाई सेवा नियमित हुन सकेको छैन ।
तुलसीपुर जाने जहाजहरुलाई नेपालगञ्ज, भैरहवा वा सुर्खेत डिपोमा तेल भरेर तुलसीपुर जानुपर्ने बाध्यता छ ।
त्यसैले काठमाडौंबाट तुलसीपुर जाँदा समय धेरै लाग्ने र भाडा पनि महंगो हुने भएपछि एयरलाइन्स कम्पनीहरुको प्राथमिकतामा टरीगाउँ विमानस्थल परेको छैन ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि केही दिन सञ्चालनमा आएको विमानस्थल भाडा महंगोका कारण ५ महिनादेखि बन्द छ ।
अब राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दशैं अगाडिबाट नै काठमाडौं-तुलसीपुर उडान सुरु गर्न लागेको कुराले दंगालीमा खुसीको सन्चार भएको छ ।
काठमाडौं-तुलसीपुर जहाज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसँगै, नेकपाका नेता सुरामणी बेलबासे, मेघराज भुषाल, पदम केसी र विष्णु केसीले निगमका कार्यकारी अध्यक्ष मदन खरेलसँग सोमबार भेट गरेका थिए । सोमबार भएको सोही भेटमा काठमाडौं-तुलसीपुर विमान सेवा सञ्चालन गर्ने सहमति भएको हो ।
सुरुको भाडा ६ हजार, त्यसपछि घट्ने दाबी
मेयर पाण्डेले नेपाल वायु सेवा निगमले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा भाडा सस्तो पर्ने दाबी गरे । उनले सातामा दुईपटक सञ्चालन हुँदा एकतर्फी भाडा ६ हजार रुपैयाँसम्म र त्यसपछि ५ हजार रुपैयाँभन्दा पनि कम भाडाबाट सुरु हुने वताए । ‘पहिले भाडाको दर एउटै थियो, अब भने फरक फरक हुनेछ,’ नगरप्रमुख पाण्डेले भने ।
काठमाडौं-तुलसीपुर नियमित उडानका लागि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री र निगमका कर्मचारी सकारात्मक रहेको समेत उनले जानकारी दिए ।
तुलसीपुर विमानस्थल सञ्चालनका लागि नियमित रुपमा सक्रियता जनाउँदै आएका प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले यसपटक विमान सेवा नियमित हुनेमा आफू आशावादी रहेको बताए । ‘मन्त्रीस्तरमा कुरा भएर विमानसेवा सञ्चालन हुन लागेकाले पनि अब नियमित हुन्छ भन्नेमा म आशावादी छु,’ चौधरीले भने ।
उनले तुलसीपुरमै हवाई इन्धनडिपो स्थापनाका लागि पनि पहल गरिरहेको जानकारी दिए ।
तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाई सेवा प्रयोग गर्ने यहाँका कयौं यात्रुहरु भैरहवा र नेपालगञ्जको विमानस्थल प्रयोग गर्न वाध्य छ । भाडा सस्तो र विमान सेवा नियमित भएमा दैनिक दुई वटासम्म साना जहाज सञ्चालन हुन सक्ने तुलसीपुर चेम्वर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले बताउँछन् ।
यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले तुलसीपुर विमानस्थल सञ्चालन हुने कुराले व्यवसायीहरु निकै उत्साहित भएको बताए ।
यसैबीच मंगलबार नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएपछि तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगी, कार्यपालिका सदस्य अमर नेपाली माइकल लगायतले टरीगाउँ विमानस्थलको स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा विमानस्थलको धावनमार्गलाई तयारी अवस्थामा राख्नका लागि डाँगीले प्रहरी र निगमका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












