लज्जित पाकिस्तान : सचिवले नै पाहुनाको पर्स चोरेपछि
एजेन्सी १६, अशोज । आधिकारिक सरकारी कार्यक्रमका दौरान कुवेती प्रतिनिधीमण्डलका एक सदस्यको पर्स चारिरहेको भिडियो सार्वजनिक भएपछि एक शीर्ष पाकिस्तानी सरकारी अधिकारीमाथि यतिबेला अनुसन्धान भइरहेको छ ।
यद्यपि, चोरीका आरोपी जरार हैदर खान भनेर मुलधारको पत्रिका र सामाजिक सञ्जालमा भाइरल गरिएको तस्विर भने अर्कै व्यक्तिको भएको खुलासा भएको छ । उक्त तस्विर अमेरिका निवासी निर्दोष व्यक्तिको भएको बताइएको छ ।
सूचनामन्त्री फवाद चौधरीले हैदर पाकिस्तानको उद्योग तथा उत्पादन मन्त्रालयका एक सह–सचिव भएको जानकारी दिँदै कुवेती कुटनीतिज्ञको पर्स चोरी मामिलामा अनुसन्धान भइरहेको बताए ।
हैदर पाकिस्तानको निजामती सेवा उच्च ओहदामा गनिने बीएस–२० अधिकारी हुन् । उनलाई हाललाई निलम्बित गरिएको छ ।
के भएको थियो ?
आर्थिक मामिला डिभिजनको टेबलबाट आरोपीले बेवारिसे पर्स उठाइरहेको ६ सेकेण्ड लामो सिसिटिभी फुटेज सार्वजनिक भएको थियो ।
यो मामिलाबारे त्यतिबेला बाहिर आयो जब भविष्यमा व्यापारबारे नयाँ सरकारसँग छलफल गर्न पाकिस्तान आएको कुवेती प्रतिनिधिमण्डलले आफ्नो एक कुटनीतिज्ञको पर्स हराएको उजुरी गर्यो ।
द डन पत्रिकाका अनुसार उक्त पर्समा ‘उल्लेख्य मात्रामा’ कुवेती दिनार रहेको थियो । अधिकारीहरुले सिसिटिभी फुटेज अध्ययन गरेपछि आरोपीको नाम सार्वजनिक गरेका थिए ।
यता, पाकिस्तानी प्रेसका अनुसार कुवेती प्रतिनिधिमण्डल यस घटनाबाट निकै क्रुद्ध बनेका थिए । उनीहरुले दोषी पत्ता लगाउन माग गरेका थिए ।
गलत तस्विर
घटना सार्वजनिक भएपछि सिसिटिभी फुटेज मिडियामा भाइरल बन्यो । पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले यस घटनाबाट आफूहरु लज्जित भएको बताए ।
यो विषय भारतीय समाजिक सञ्जाल प्रयोगकर्ताका लागि झन् ठूलो मसला बन्यो । ‘सानो देशका साना कर्मचारीले ठूला मानिसको पर्स देखेपछि यस्तै गर्छन्,’ धेरैले गिज्याए ।
यद्यपि, सामाजिक सञ्जाल र टेलिभिजनमा चोरी गर्ने व्यक्ति भनेर प्रकाशित गरिएको तस्विर जरार हैदर खान नभएर जाइद हैदरको भएको खुलासा भएको छ । उनी हाल वासिङटन डिसीमा स्टेट डिपार्टमेन्टमा रिस्क एनालिस्टका रुपमा कामगरिहेका छन् ।
धेरै मिडियाले उनको तस्विर गलत परेको भनेर सच्याएका छन् भने यो समाचार तयार गर्दासम्म केही मिडियाहरुले प्रकाशित गरेको भिडियोमा निर्दोष जाइदको तस्विर अझै पनि देखाइरहेको छ ।
अब के ?
यो घटनाले पाकिस्तान सरकारलाई लज्जित बनाएको छ । कुवेतको रिस शान्त गर्न सरकारले तत्कालै अनुसन्धान शुरु गर्यो ।
यद्यपि, द टाइम्सका अनुसार यसले कुवेत र पाकिस्तानबीच हुने भनिएको आर्थिक साझेदारीमा ठूलो धक्का लागेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












