टी-२० वर्ल्डकप एसिया क्वालिफायर : नेपालले आज थाइल्याण्ड्सँग खेल्दै
काठमाडाैँ २१,असोज । मलेसियामा जारी आइसीसी टी-२० वर्ल्डकप एसिया रिजनल क्वालिफायर ग्रुप बी मा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ।
क्वालिफायरमा दुवै टोली अपराजित रहेका छन्। ३ खेल खेलेको थाइल्याण्ड दुई जित र एक बराबरीपछि ५ खेलकबाट अंक तालिकामा शीर्ष स्थानमा छ। लगातार दुई खेल जितेको नेपाल सिंगापुर समान ४ अंक जोडेपनि रनरेटमा पछि रहदै तेस्रोमा छ।
थाइल्याण्डको लागि यो चौथो र नेपालको तेस्रो खेल हो। यसअघि नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरिसकेको छ।
नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो नेपाली समयअनुसार १२:१५ बजे क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुनेछ। नेपालले यसअघिका दुवै खेल सोही मैदानमा खेलेको थियो।
नेपालले मंगलबार भुटानसँग चौथो खेल खेल्नेछ भने बुधवार चीनसँग पाँचौ र शुक्रवार सिंगापुरसँग अन्तिम खेल खेल्नेछ।
एसियाका पूर्वी क्षेत्रका ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको समूह बी बाट शीर्ष तीन स्थानमा रहने टोली एसियाकै दोस्रो चरणको क्वालिफायरमा प्रवेश गर्नेछ।
जहाँ एसियाका ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन्। ग्लोबल क्वालिफायरमा कूल १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट ६ टोली सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्डकपमा छनोट हुनेछन्।
आइसीसीको शीर्ष १० वरीयतामा रहने १० राष्ट्र भने स्वत छनोट हुनेछन्।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












