पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता
काठमाडौं २२,असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पोखरा प्रिमियर लिग (पीपीएल) लाई प्रतियोगिता सञ्चालनको लागि अनुमति दिएको छ ।
क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले मान्यता दिएको जानकारी दिएको हो । आईसीसीले मान्यता दिएसँगै अब पीपीएलमा प्रत्येक टिमले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भएका छन् ।
आयोजकले पठाएको सबै कागजातको अध्ययनपछि आईसीसीले पीपीएललाई मान्यता दिएको हो । आईसीसीले तोकेको २० हजार अमेरिकी डलर आयोजकले तिरेको छ ।
सर्वाधिक पुरस्कार राशीको पीपीएल कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुदैछ ।
लिगमा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम रहेका छन् । खेलाडी मार्की प्लेयरदेखि खेलाडी अक्सनसमेत सकिसकेको छ । प्रत्येक टिमले विदेशी खेलाडी ल्याउने प्रक्रिया चलिरहेको छ ।
पोखरा प्रिमियर लिगको लागि तयारी तिब्र गतिमा भइरहेको क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।
उनले भने ‘तयारी तिब्र भइरहेको छ । दशैं अगाडि नै अस्थायी सबै प्याराफिट निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।’
Comments
अरु समाचार
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











