लोकतन्त्र होइन लुटतन्त्र रहेछ

सरस्वती पाण्डे/मेरो कार्यक्षेत्र धादिङ भएको हुनाले म गाडी कुर्दै थिएँ । पोखराको बस अगाडि आएर रोक्न खोज्दै कहाँसम्म हो ? भनेर सहचालकले सोधे । मैले टायलघर भनेपछि उनले आउनुस्, आउनुस् भने । म गाडी चढेँ । सीट खाली थिएन । म अगाडिको बर्नेटमा बसेँ। थानकोट कटेपछि सहचालकले भाडा उठाउन सुरु गरे । प्रत्येक सीटका पेसिन्जरहरू भाडा बढि भयो भनेर कराए । सहचालक मेरो छेउमा आएर सीटमा बसेका पेसिन्जरहरूसँग भाडा उठाउन थाले । एउटी अधबैंसे महिलाले २०० दिइन । सहचालकले अब १०० दिनुस् भनेर मागे । ती महिला अस्ति आउँदा १७० मा आएको भाडा फिर्ता आउनुको साटो अझै १०० माग्न लाज लाग्दैन ? भन्दै कराइन । त्यसैगरी अर्की महिलाले ५०० दिइन । सहचालकले १०० फिर्दा दिए । ती महिला पनि रिसले आगो भइन । के गरेको यस्तो भन्दै कराउन थालिन । मैले दुवैलाई कहाँसम्म जाने भाडा दिनुभएको भनेर सोधेँ। एउटी महिलाले घाटबेंंसी र अर्कीले आँबुखैरेनी भनिन् । फेरि मैले भाडा कति हो त्यहाँ सम्मको भनेर सोधेँ । उनीहरूले १७० र २५० एकै स्वरमा भने । मलाई रिस पनि उठ्यो । आधा नै बढि भाडा लिंदा यात्रुलाई मर्का पर्छ नि भाई भन्दा सहचालकले दशैँ हो दिदी भजेर जवाफ फर्काए । म छक्क परें । कमाउनेलाई मात्र दशैँ लाग्दो रहेछ । केही नहुनेलाई त चाडबाडमा दशा लाग्दो रहेछ भनेर अर्की महिला कराउन थालिन । उनले भनिन् ‘ हेर्नुस् नानी बजार गयो पसलेले ठग्छन्, गाडिमा खलासीले ठग्छन् । उनीहरूको र हाम्रो दशैँ उस्तै हैन र ? बल्लबल्ल कमाएको पैसा यसरी बढि माग्छन् । यसो गर्छु, उसो गर्छु भनेर छुट्याएको पैसामा जतासुकै बढि दिन परेपछि कसरी टार्नु घरखर्च ? ती महिला अझै भन्दै थिइन् । म भनें दिदी मेरो ओर्लने बेला भयो भनेर ओर्लें ।
हामी एक नेपालीले अर्को नेपालीको मर्का बुझ्दैनौँ ।हामीमा सहयोगीको भावना छैन । नैतिकताको भावना छैन । दुःख, पीडा, अभावको बेलामा समेत ढुङ्गाको मन बनाएर हेरिबस्ने जमात हामीकहाँ धेरै छन् । विश्वबन्धुत्त्वको भावना र मानवीयताको भावना त हामीकहाँ मरिसकेको छ । स्वर्थ बढेको छ । स्वार्थ त हुनुपर्छ तर आवश्यकभन्दा बढी स्वार्थ भयो भने स्वार्थले द्वन्द्व गराउँछ । द््वन्द्वले सिध्याउँछ । यसलाई हामीले हृदयाङ्ग गर्न सकेनौं भने अवस्था जटिल बन्दै जान्छ । गाडीको अवस्था हेर्दा हामी कस्तो समाजमा हुर्कियौँ ? सम्झदा अचम्म लाग्छ। पाइला–पाइलामा भ्रष्टाचार, ठगी, लुट मौलाइरहेको छ । कोहि बोल्न सक्दैनन्। समाज र राष्ट्रलाई अघि बढाउने ठूला–ठूला सपना बुनेहरू यही समाजमा छन् तर कसैलाई सहयोग गर्नुपर्दा आँखा छलेर हिँड्छौँ । पैसा कमाउनको लागि जे गर्न पनि तयार हुन्छौँ। आज खुसी खुसी बन्न कसैको खुसी लुट्छौँ । भविष्य कसैले सोच्दैनौँ । सोझा र गरिबले सधैं पीडित बन्नुपर्ने हाम्रो समाजमा प्रजातन्त्र आए पनि प्रजाहरूको हितका लागि भने कुनै तन्त्र आएको छैन ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












