ए डिभिजन लिगमा थ्रीस्टारको सुखद सुरुवात, फ्रेन्ड्स क्लब पराजित
काठमाडौं २५,असोज। थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलले पराजित गर्दै ३ अंक जोडेको हो । थ्री स्टारको जितमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । यता, फ्रेन्डस् क्लबका लागि विकास लामाले गोल फर्काएका थिए ।
पहिलो हाफमा फ्रेन्ड्स क्लबविरुद्ध १-० गोलले अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफमा थप १ गोल गर्दा एक गोल खाएको थियो ।
खेलको १७ औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले आफ्नो एकल प्रयासमा प|mेन्ड्स क्लबका किपरलाई विट गर्दै गोल गर्न सफल भए ।
खेलको ५९ औं मिनेटमा करिब ३० यार्ड टाढाबाट फ्रेन्ड्स क्लबका सरोज योञ्जन लामाले प्रहार गरेको फ्रिकिक गोलकिपर एलेन न्यौपानेले बल नियन्त्रण गर्न सकेनन् । तर थ्रीस्टारका डिफेन्डरले बचाएपछि फ्रेन्ड्स क्लब बराबरी बनाउनबाट चुकेको थियो ।
खेलको ८३ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै २-० थ्री स्टारलाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, अतिरिक्त समयमा फ्रेन्डस् क्लबका विकास लामाले गोल गर्दै फ्रेन्ड्स क्लबलाई खेलमा फर्किने संकते दिएपनि हारबाट जोगाउन भने सकेनन् ।
त्यस्तै, आजै दिउँसो ३ बजे जाउलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि हिजो भएको खेलमा च्यासल युथ क्लबले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












