कालाबजारीयाको यो कस्तो मनपरी !
काठमाडौं । दशैं, उद्योगी र ब्यापारीको धेरै कमाउने समय नै हो । यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् ।
खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा नहुने अखाद्य वस्तु मिसावट गरिरहेका छन् । बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भए पनि नियमक निकाय भने मौन छन् ।
खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन र गर्नेलाई कारबाही गर्ने निकाय भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो । विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीका अनुसार अहिले पछिल्लो समय खाद्य वस्तुमा दुई किसिमको मिसावट हुने गरेको छ । पहिलो परम्परागत मिसावट र दोस्रो आधुनिक प्रविधिबाट गुणस्तर नै कम हुनेखालका केमिकल मिसावट हुने गरेको छ ।
चामलमा चामल उत्पादन गर्ने मिल तथा उद्योगहरुले चामल जस्तै देखिने गरी ढुङ्गा तथा काठलाई मेसिनमा काटेर चामल जस्तै रंग पोलिस गरेर मिसावट गर्ने गरेका छन्
केमा के मिसाइन्छ ?
विभागका अनुसार चामलमा चामल उत्पादन गर्ने मिल तथा उद्योगहरुले चामल जस्तै देखिने गरी ढुङ्गा तथा काठलाई मेसिनमा काटेर चामल जस्तै रंग पोलिस गरेर मिसावट गर्ने गरेका छन् । यस्तो मिसावट उपभोक्ताले थाहा पाउन भने नसक्ने वस्तीको भनाइ छ ।
जब उपभोक्ताले खाँदाखेरि मात्रै यस्तो मिसावट भएको पत्ता लगाउन सक्छन् । त्यति मात्र नभई मिति सकिएको चामल पुनः हालेर पोलिस लगाई बिक्री गर्ने गरेको पाइएको छ ।
यस्तो प्रकृतिका चामल खाँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने उनको भनाइ छ । दूधमा पानी हाल्ने तथा नफाटोस् भन्नका लागि सोडा मिसावट गर्ने गरिएको विभागको भनाइ छ ।
दूध उत्पादन गर्ने डेरी उद्योगले सरसफाईमा ध्यान नदिँदा कोलिर्फमका जिवाणुदेखि केमिकलसमेत मिसावट हुने गरेको वस्ती बताउँछन् ।
त्यस्तै दालमा पनि दालजस्तै अखाद्य वस्तु मिसावट गरिरहेको उपभोक्ताहरुले आरोप लगाएका छन् । उद्योगी व्यवसायी तथा साना व्यापारीहरुले समेत हामीले तरकारीको स्वादकालागि प्रयोग गरिने बेसारमा विभिन्न प्रकारका अन्नको पिठो मिसावट गरेको पाइन्छ। त्यस्तै खुर्सानीको धुलोमा इँटाको मसिनो धुलाका कणहरु मिसावट भइरहेको छ ।
मसलाको धुलोमा काठ चिरान गर्दा निस्केका मसिना धुलाको कण प्रयोग गरिरहेको छन्। चियापत्तिमा पनि एकपटक प्रयोग गरिसकेको चियापत्ती पुनः सुकाएर प्रयोग गरिरहेको फेला पर्ने गरेको र उपभोत्ताबाट पनि गुनासो आउने गरेको उनको भनाइ छ ।
त्यस्तै तेलमा समेत मिसावट हुने गरेको छ । कतिपय तेल उत्पादन गर्ने उद्योग तथा व्यवसायीहरुले तोरी तथा सनफ्लावरको तेलमा भटमासको मिसावट गर्ने गरेको उपभोक्ताहरु बताउँछन् । तेलमा पाल्मोलिन ओयल समेत मिसावट गर्ने गरेको भेटिएको छ ।
यसरी थाहा पाउनुस्
प्रायःजस्तो खाद्य बस्तुमा अखाद्य बस्तु मिसावट भए नभएको थाहा पाउँन उपभोक्ता पनि सचेत हुनुपर्ने विभागको भनाई छ । दालमा मिसावट भए-नभएको दाल पकाउँदा नपाक्ने बस्तु धेरै फेला परेको अवस्थामा दालमा मिसावट भएको छ भनी थाहा पाउँन सकिन्छ । दालमा कलर गरिएको छ भने दालमा बढी रंग देखिन्छ ।
बेसारको मिसावट भने पानीमा हालेर थाहा पाउन सक्निछ । सामान्य त बेसार पानीमा राख्दा कलर देखिदैन । तर बेसारमा अखाद्य बस्तु मिसावट भएको छ भने पानीको रंग परिवर्तन हुन गरेछ र पानीमा घुलिने पनि गर्छ । तेलको मिसावट भने स्वादबाट नै थाहा पाउन सकिने बस्तीको भनाइ छ । मसालको मिसावट पनि पानीबाट थाहा हुन्छ ।
दुधको मिसावट भने गन्ध र त्यसको स्वादबाट उपभोक्ताले सिधै थाहा पाउन सक्छन् । परम्परागत मिसावट उपभोक्ताले थाहा पाउन सक्ने अवस्था रहे पनि केमिकल मिसावट भने ल्याव परीक्षण बाट मात्र थाहा पाउन सकिने बस्तीको भनाइ छ ।
विभागले गर्ने परीक्षण भने केही ढिला हुँदा उपभोक्ता मारमा परेको उनले स्वीकार गरेको छन् । परीक्षणको रिर्पोट आउँदा मिसावट भएको अखाद्य वस्तुसमेत उपभोक्ताको भान्छामा पुगिसक्ने गरेको छ । ल्यावको नतिजा आउने भने एक हप्ताको समय लाग्ने उनको तर्क छ ।
बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भएपनि यसको अनुगमन गर्ने निकायमा भने कुनै गुनासो नआएको खाद्य तथा गुण नियन्त्रण विभाग बताउँछ ।
नमुना संकलन भएका खाद्य बस्तु ल्याव परीक्षण नगर्दासम्म बिक्री वितराणमा जबसम्म सरकारले रोक लगाउन सक्दैन, तबसम्म मिसावट भएका खाद्य वस्तु पनि उपभोक्ताले उपभोग गरिसक्ने उनको भनाइ छ । सरकारी ऐन कानुनले गर्दासम्ते उपभोक्ता अखाद्य बस्तु उपभोग गर्न बाध्य भएको उनको भनाइ छ ।
बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्य बस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट भएपनि यसको अनुगमन गर्ने निकायमा भने धेरै गुनासो नआएको खाद्य तथा गुण नियन्त्रण विभाग बताउँछ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रवक्ता वस्ती भन्छन, ‘बजारमा उद्योग तथा व्यवसायीले खाद्य वस्तुमा अखाद्य बस्तुको मिसावट गरिरहेको आवाज सुनिएपनि उपभोक्ताहरुले भने खासै गुनासो गर्दैनन् ।’
पाठकवर्गमा सूचनाको पहुँच पु¥याउनका लागि हामीले यो समाचार अनलाइनखबर डटकमबाट साभार गरेका हौं ।
तस्बिर गुगल
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












