दशैंको महत्त्व बुझाएर एभरेष्टले दियो विद्यार्थीलाई विदा
विराटनगर । दशैं, तिहार, छठलगायतका पर्वका अवसरमा विद्यालयमा विदा दिनुअघि बालबालिकालाई चाडपर्वको सांस्कृतिक महत्त्व बुझाउने क्रम बढ्दै गएको छ । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी इङ्गिलस स्कुलले एक कार्यक्रम गर्दै स–साना बालबालिकालाई चाडपर्वको महत्व बुझाउँदै रमाइलो गराएको छ ।
चाडपर्वको विदा दिँदै गर्दा ति पर्वहरू के–के हुन्छन् भन्ने विषयमा जानकारी गराएर विदा दिइएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । कार्यक्रममा दशैंका पोशाकमा सजिएर विद्यालय पुगेका बालबालिकालाई प्रिन्सिपल सहित शिक्षक शिक्षिकाले टिका र जमरा लगाई दक्षिणा दिएर विदा गरे । ‘बालबालिकाले किताबी ज्ञान मात्र नभएर हाम्रो संस्कृती, संस्कार र परम्परालाई पनि बुझ्न आवश्यक छ’ प्रिन्सिपल पुरीले भने,‘बाल्यअवस्थाबाटै हामीले हाम्रो संस्कृति बुझाउन आवश्यक छ ।’
गाउँले परिवेश झल्कने प्रदर्शनीमा राखिएका चिटिक्क परेको सानो घर, खसी, टाट्नो, मकै, ढिकि, जाँतो र डोकोलगायतका सामग्रीहरु देखेर बालबालिकासँगै अभिभावकहरू समेत रमाइरहेका थिए ।
यस्तै महान पर्व बडादशैका नवरात्रमा पुजा गरिने नौं दुर्गाको रुपमा सजिएका स–साना बालबालिका र पर्व चिनाउने सामाग्रीहरूको प्रदर्शनले सवै प्रशन्न देखिएका थिए । हरेक चाडपर्वका बेला यस्ता गतिविधिमा बालबालिकालाई प्रत्यक्ष सहभागि गराउँदै आएको एभरेष्टले लामो विदाका बेला मनाउने सवै पर्वका विषयमा जानकारी गराएको हो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












