‘छठसम्म पनि संविधान संशोधन नभए समर्थन फिर्ता लिन्छौं’
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्मपनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त भनाई राखेका हुन् ।
मण्डलले भने,‘स्वयम् प्रधानमन्त्रीजीले संविधान संशोधन गर्छु भनेर कन्भिन्स गर्नुभएको छ । हामीले संशोधनको लागि धेरै पटक सरकारसँग सम्झौता गरेका छौं । तर, अहिलेसम्म संशोधन भएको छैन । अहिलेपनि प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर हामीलाई कन्भिन्स गर्नुभएको छ। छठसम्म हाम्रो समर्थन जारी रहन्छ । छठपछि पनि संशोधन भएन भने हामी समर्थन फिर्ता लिएर आफ्नो तरिकाले अघि बढ्छौं ।’
मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बेथितिलाई नियन्त्रण गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘दुई तिहाईको सरकार गठन भएको छ । जनताले धेरै ठूलो अपेक्षा राखेका थिए । तर, अहिले सरकारको प्रस्तुति हेर्दा सन्तोषजनक छैन । कर मनलाग्दी उठाउने गरेको छ । यसले जनतामा निराशा छाएको छ। करको बोझ अब जनताले धेरै व्यहोर्न सक्दैनन् । नेपालमा भ्रष्टाचार यसरी मौलाएको छ की संसारमै नेपाल भ्रष्टाचारमा पहिलो नम्बरमा छ । देशमा सुशासन छैन् । उथलपुथल देखिएको छ । अराजकता त्यस्तै बढिरहेको छ ।’
आफूहरूले पनि सरकारसँग धेरै आशा राखेको बताउँदै उनले भने,‘शान्ति स्थापना गर्नुपर्छ । यसो भयो भने विकासले तिव्रता लिन्छ । तर अहिले ठीक उल्टो भैरहेको छ । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ ।’ ५१ प्रतिशत जनसंख्या ओगटेको तराई मधेशलाई कुनैपनि हालतमा उपेक्षा गर्न नहुने उनको भनाई छ । उनले भने,‘तराई मधेशलाई उपेक्षा गर्नुहुँदैन् । उपेक्षा गरियो भने शान्ति हुँदै्न । शान्ति भएन भने मुलुकको विकास हुँदैन् ।’
संविधानका विभिन्न धाराहरू अहिलेपनि विभेदकारी रहेको बताउँदै उनले त्यस्ता विभेदकारी धाराहरूलाई संशोधनमार्फत सच्याउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘संविधानको प्रस्तावना, धारा ४२ र धारा ५० मा समावेशी, समानूपातिकको बारेमा उल्लेख गरिएको छ। तर, कार्यकारी धाराहरू २६७, २७१, २७३, २८१, २८२ र २८३ र अन्यमा समेत समावेशी छ । तर, समानुपातिक उल्लेख गरिएको छैन । यो विभेदकारी भएकोले सच्याउनुपर्छ ।’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












