एप्समार्फत जनगुनासो सम्बोधन
बलेवा । बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ ।
नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो । नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले शुरुवात गरिएको एप्समार्फत सर्वसाधारणका गुनासो तथा जिज्ञासाको समाधानसमेत थालिएको उपप्रमुख लिला रानाले बताउनुभयो ।
प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि नगरपालिकाले आफ्नै एप्स सञ्चालनमा ल्याएको हो । “सबैका हातमा मोबाइल फोन छन्, मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौँ” उपप्रमुख रानाले भन्नुभयो, “नगरका काममा पारदर्शिताको लागि मोबाइल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।” नगरलाई प्रविधिमैत्री बनाउनका लागि काम कारवाही र सर्वसाधारणले पाउने सुविधाका विषयमा अनलाइन, मोबाइल एप्स र डिजिटल सूचना पार्टीमार्फत जानकारी गराइदै आएको छ । “नगरभित्रका सबै सर्वसाधारणलाई एप्सको सुविधा लिनको लागि आग्रह गरेका छौँ” प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भन्नुभयो, “सूचनाको अधिकार प्रत्याभूत गर्न हामीले प्रविधिमैत्री नगर बनाउने अभियानमा छौँ ।”
हरेक आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम, सञ्चालित योजना, जनप्रतिनिधि र कर्मचारीको विवरण तथा भए गरेका कामको प्रगतिसमेत एप्समा राखिएको छ । एप्समा भएका जानकारीको सम्बन्धमा गुनासो वा प्रतिक्रिया र नगरका अरु कामको विषयमा जानकारी वा प्रश्न सबै लिन र जवाफ दिन मिल्ने गरी एप्स तयार पारिएको हो । “अब घरमा बसेर नै सबैले नगरपालिकाको काम कारवाहीको विषयमा अनुगमनसमेत गर्न सक्नुहुन्छ” उपप्रमुख लिला रानाले भन्नुभयो, “हामी जनताको सहज सुविधाका लागि सदैव तयार छौँ ।” रासस
Comments
अरु समाचार
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...












