तेल चुहावट रोक्न आयल निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली ‘लकिङ’ फिट
काठमाडौं ८,असोज। ढुवानीका क्रममा हुने तेल चुहावट रोक्न नेपाल आयल निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली ‘लकिङ’ फिट गरेको छ। निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार बुधबारसम्ममा १ हजार ९ सय ट्यांकरमा यस्तो लकिङ फिट गरिएको छ।
निगमले बुधवार अल्लाहवाद ‘टर्मिनल’बाट तेल ढुवानी गर्ने ट्यांकररमा लकिङ फिट गरेसँगै भारतीय आयल निगमका डिपोबाट नेपाल आयल निगमको डिपोसम्म तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाउने काम सकिएको छ।
नेपाल आयल निगमले भारतीय आयल निगमका बरौनी, रक्सौल, बेतालपुर, मुगलसरा, गोन्डा, अलाहवाद र बन्थरा डिपोबाट तेल आपूर्ति गर्छ। ‘ती सबै डिपोबाट तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाइएको छ,’ निगमका निमित्त कार्यकारी प्रमुख भट्टराईले भने।
आयल निगमले फिट गरेका ती ताला भारत सरकारले उपलब्ध गराएको थियो। भारतीय आयल निगमले २ हजार २ सय ताला नेपाल आयल निगमलाई प्रदान गरेको थियो।
पहिलो चरणको ताला लगाउने काम सकिएसँगै अब दोस्रो चरणको काम सुरु हुने उनले बताए। ‘कतिपय ट्यांकरले त आफैं पनि ताला लगाउन थालेका छन्,’ निगमका निमित्त कार्यकारी प्रमुख भट्टराईले भने।
निगमले ‘सुरक्षित लकिङ प्रणाली’ सम्बन्धी कार्यविधि यसअघि नै जारी गरिसकेको छ। सोही कार्यविधिले तोकेको अनुसार ट्यांकर धनी आफैंले पनि आफ्नो गाडीमा ताला लगाउन सक्ने निगम बताउँछ।
दोस्रो चरणमा निगमको डिपोबाट पेट्रोल पम्पसम्म पुग्ने ट्यांकरका लागि ताला लगाउन लागिएको हो। दोस्रो चरणका लागि करिब १० हजार ताला आवश्यक पर्ने निगमको भनाइ छ। एउटै ट्यांकरले धेरै बिक्रेताका लागि तेल ढुवानी गर्ने र त्यसका लागि छुट्टाछुट्टै ताला आवश्यक पर्ने भएकाले उक्त संख्या ठूलो हुने निगम बताउँछ।
ट्यांकरमा ताला लगाएपछि त्यसको एउटा साँचो निगमसँग हुनेछ। तेल ढुवानी गरेर हिँडेपछि एकैपटक सम्बन्धित पम्पमा मात्र ताला खोल्न मिल्ने भएकाले बीचमा अपचलन हुने सम्भावना रहँदैन।
आगामी माघभित्र दोस्रो चरणको ताला फिट गरिसक्ने दाबी भट्टराईले गरे
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











