२० औं राईट दि हिमालयन रेस–२०१८’ का विजेता शाह सम्मानित
काठमाडौं । यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद पर्यटनको विकासको लागि सरकार कटिवद्ध रूपमा लागिरहेको विश्वास दिलाएका छन् ।
नेपाल कलवार कल्याण समिति काठमाडौंले रिपोर्टर्स क्बल नेपालमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।
समितिका अध्यक्ष रामचन्द्र शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालमा साहसिक खेलको बारेमा सरकार लागिरहेको बताउँदै खेल क्षेत्रलाई विभिन्न शीर्षकमा राखेर भएपनि विकास गरिने बताए ।
भारतीय संस्था राईट दि हिमालयनले अक्टोवर १० देखि १३ सम्म आयोजना गरेको २० औं राईट दि हिमालयन रेस–२०१८ को उपाधि जितेका धुनषाका ३४ वर्षीया दीपककुमार साहलाई सम्मानको लागि आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालका हिमाल, पहाड र नदीका तिरमा साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र सरकारले त्यसको बारेमा सोचिरहेको जनाए ।
उनले भने,‘आफ्नै तयारी, इच्छा, चाहना र लगावको आधारमा दीपकजीले नेपालको शीरलाई फेरी एकपटक विश्वमा चिनाउन सफल हुनुभयो, राष्ट्रिय सम्पत्तिको रूपमा आफूले साहसिक योद्धा घोषणा गर्नुभयो, वीरहरूको देशका नागरिकहरू पनि वीर छन् र हुन भनेर संसारलाई सन्देश दिनुभयो, यसमा नेपाल सरकारको तर्फबाट तपाईलाई हार्दिक बधाई छ, सम्मान छ ।’
कार्यक्रममा रेसका विजेता दीपककुमार शाहले नेपालमा पनि साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र त्यसको बारेमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘उक्त प्रतियोगितामा विश्वका धेरै प्रतियोगिहरूले भाग लिएका थिए, साँढे ४ हजार मिटर उचाईमा माईनस २० डिग्री तामक्रममा मैले उक्त रेसको उपाधि जितें, यो मेरो जित होईन, देशको जित हो, अघिल्लो वर्षपनि भाग लिएको थिएँ, खुट्टा भाँचियो, यो वर्ष मैले उपाधि जितें, बाटोमा कतै थोरै पनि हरेस सिर्जना हुँदा नेपाललाई सम्झिन्थें, बाईकको सिसाबाट मेरो शरिरमा भएको नेपालको झण्डा देख्थें त्यसपछि साहस बढ्थ्यो, त्यही साहसकासाथ मैले रेसको प्रतियोगिता जित्न सफल भएँ ।’
रेसको २० औं संस्करणमा नेपालबाट प्रतिनिधित्व गरेका दीपक कुमार साहले भारतको लेह, लदाख, कारगिल र काश्मिरमा सम्पन्न भएको प्रतिष्पर्धामा बाईक चलाउँदै गरेको अनुभव सुनाउँदै आफूले वीरपुर्खालाई सम्झेको बताए ।
उनले भने,‘काश्मिरको लेखमा चढ्दै गर्दा मैले हाम्रो पूर्खालाई सम्झेको थिएँ, देशको स्वाभिमान र राष्ट्रियताका बारेमा सम्झेको थिएँ ।’
सम्मान कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा. डम्बर नारायण यादव, कांग्रेस नेता भरत खड्का, क्लबका सभापति ऋषि धमला, नेपाल–भारत पुस्ताकालयका प्रमुख महेश शर्मा लगायतले रेस विजेता साहलाई बधाई दिँदै सरकारले यस्ता प्रतिभाहरूको कदर गर्नुपर्नेमा जोड दिएका थिए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











