‘वैद्य र विप्लव नै ठिक’
काठमाडौं । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले ओली–प्रचण्ड विसर्जनवादी भएकाले अब वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष कट्टेलले ओली–प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने खुलासा गरेका हुन् ।
कट्टेलले वर्तमान सरकार दलाल पूँजिवादी बनेको आरोप लगाउँदै जनताले विकल्प खोजेको दाबी गरे । उनले भने,‘ओली–प्रचण्डजीहरू आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरूलाई भोटपनि दिए । तर, ८ महिनामा दुईतिहाई सरकारका कामकारबाही जनताले हेरिसके । अबको विकल्पको रूपमा हामी उभिनेछौं, खासमा कम्युनिष्ट मुलधारमा आउनुपर्छ, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।’
उनले अघि थपे,‘गोरो मानिसलाई काले भनेर बनाउँदैमा कालो हुने, र कालाको मानिसलाई गोरे भनेर बोलाउँदैमा त्यो गोरो हुन्छ, भन्ने होईन, कम्युनिष्टको नाम बेचेर खानेहरुले होशियार हुनुपर्छ ।’
निर्वाचन आयोगले हिजोमात्रै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई आधिकारिक रुपमा नाम दिएको कुरा सञ्चार माध्ययममा सुनेको बताउँदै अध्यक्ष कट्टेलले आफूहरु त्यसको बिरुद्धमा अदालत जानेपनि जानकारी दिए ।
उनले भने,‘नाम फरक देखाउनको लागि ओली–प्रचण्डले कोष्ठभित्र (नेकपा) राख्नुभएको छ, त्यो सरासर गलत छ, यो जनतालाई भ्रममा पार्ने खेलपनि हो । जनता यसप्रति सजग हुनुपर्छ । निर्वाचन आयोगलेसमेत गल्ती गरेको छ, उहाँहरुले सत्ता र शक्तिको भरमा बलजफ्ती गर्न थाल्नुभएको छ, हामीले अदालतमा पनि बलजफ्ती गरेको भेट्यौं भने त्यसपछि बलजफ्तीको विकल्प हामीपनि अपनाउँछौं, जसले जति बल गर्नसक्छ सक्छ ।’
उनले दल दर्तासम्बन्धी ऐनलाई धज्जी उडाउँदै सरकारी शक्तिको आधारमा कम्युनिष्ट सरकारको नाममा हेप्न खोजे राम्रो नहुने चेतावनी दिए । अध्यक्ष कट्टेलले अनुचित काममा हात नहाल्न प्रचण्ड–ओलीलाई समेत कडा चेतावनी दिएका छन् ।
उनले भने,‘सरकारी शक्तिको भरमा अनुचित कामहरु हुँदैछन्, त्यही अनुचित कामकाबिरुद्धमा हामी अदालत जान्छौं, सरकारी पत्रिका गोरखापत्रले लेख्छ (नेकपा) ले आधिकारिकता पायो, यस्तो पनि हुन्छ ? सञ्चारमाध्यायमहरूले पनि बुझ्नुपर्ने कुरा हो, कम्युनिष्टको कुनै विचार, आचरण, व्यवहार नभएको पार्टी हो, ऊ नेकपा होइन, संसदीय विर्सजनवाद र यथास्थितिवादी मानिसहरुको पार्टी हो, उसका कार्यशैली, कामहरु, ब्यवहारहरू, योजनाहरू, हेर्दा थाहा हुन्छ, ऊ दक्षिणपन्थी र बिर्सजनवादी बनिसकेको मान्छेहरूको झुण्ड हो ।’
नेपालको कम्युनिष्ट आन्दोलनले विर्सजनवादको बाटो ताक्दै गर्दा आन्दोलन भएको स्मरण गर्दै आफूहरुले कम्युनिष्ट आन्दोलनलाई जिवित राख्ने पनि उनको भनाई छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











