काँग्रेस महासमितिको बैठक मंसिरमा
काठमाडौँ । मङ्सिरमा हुने नेपाली काँग्रेस महासमितिको बैठक काठमाडौँमै हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म महासमिमितको बैठक गर्ने काँग्रेसले निर्णय गरेको हो ।
नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिका पदाधिकारीहरूसँगको संयुक्त बैठकले निर्णय गरेको हो ।
बैठकमा सभापति देउवाले काठमाडौँ जिल्ला कार्य समितिलाई महासमितिको बैठक स्थलको तयारीका लागि पनि निर्देशन दिए । त्यसैगरी यही कात्तिक १६ गते तय भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई पनि भब्य र ब्यवस्थित बनाउनका लागि पनि निर्देशन दिएको पार्टी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, शनिवार स्थानीय ब्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठकले बसेर शुभकामना आदानप्रदान कार्यक्रमलाई तीन वटै जिल्लाका पदाधिकारी र कार्यकर्तालाई ब्यापक परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी महासमिति बैठकका लागि पनि आवश्यक उपसमितिहरू गठन गर्ने निर्णय बैठकले गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












