भारतको नागरिक उड्ययनको विकासका लागि नेपालमा छलफल
काठमाडौँ । भारतीय वाणिज्य, उद्योग तथा नागरिक उड्ययनमन्त्री सुरेश प्रभाकर प्रभु र नेपाली ईं दिपेन्द्र कँडेलबीच भारतको नागरिक उड्ययनको विकास र स्तरोन्नतीकोलागि विशेष छलफल भएको छ ।
मन्त्री प्रभाकरको कार्यकक्षमै उनीहरुबीच छलफल भएको कँडेलले जानकारी दिएका छन् । उनले भने,‘भारतीय नागरिक उड्ययनमन्त्रीसँग आईकाओले भारतलाई दिँदै आएको ६६ प्रतिशत अंकबाट ५७ प्रतिशतमा झारेको भनेर पहिलोपटक जानकारी गराउने मान्छे म हुँ । मैले उहाँलाई यो अंक अति नै न्यून हो, यसलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउनुपर्छ भनेर सुझावसमेत दिएँ । यसो गर्न सकियो भनेमात्रै देशलाई स्तरोन्नती गर्न सक्छौं ।’
कँडेलका अनुसार सन् २०१७ मा सम्पन्न आईकाओको ‘युनिभर्सल सेफ्टी ओभरसाईट अडिट प्रोगाम’ले भारतलाई उक्त अंक दिएको हो । उनले भने,‘आईकाओले भारतलाई दिएको यो अंक निकै कम हो । यो निर्धारित लक्ष्य अकं भन्दापनि कम हो ।’
कँडेलले भारत सरकारसँग यो क्षेत्रको विकास र स्तरोन्नतीको लागि सहकार्य गर्ने ईच्छा व्यक्त गरेका छन् । उनले भने,‘यो कुरा मैले स्वयम् भारतीय मन्त्री प्रभाकरलाई पनि आग्रह गरेको छु । म युएईको मोहम्मद बिन रसिद स्कुल अफ गभर्मेन्टसँग सहकार्यमा काम गर्दै आईरहेको छु । अहिले युएईको ¥यांकिङपनि विश्वकै नम्बर एकमा छ । त्यसैले म युएईको सहकार्यमा काम गर्न चाहन्छु । युएई एक नम्बर रहनुमा महामहिम शेख मोहम्मद बिन रसिद अल मोक्तुमको दुरदृष्टि र उनीद्धारा गठित थिंक ट्यांकको साथ र सहयोग महत्वपूर्ण छ ।’
नेपालमा आधिकारिक रूपमा दर्ता गरिएको कँडेलको थिंक ट्यांक ‘दिपेन्द्र कँडेल ईनिसियटिभ’ ले पनि दक्षिण एशियाली तथा दक्षिण अफ्रिकी देशहरुको नागरिक उड्ययनको अवस्थालाई पनि स्तरोन्नती गर्दै विद्यमान अंकलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउने कँडेलको उद्देश्य छ ।
कँडेलले यसअघि नै नेपालको नागरिक उड्यनन प्राधिकरणको विकास र स्तरोन्नतीको लागि काम सुरु गरिसकेका छन् । कँडेलका अनुसार अहिलेसम्म उनले नेपालभित्र तथा बाहिरका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुसँग विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया समेत गरिसकेका छन् ।
उनले भने,‘मेरो पहिलो योजना अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गलाई पूनर्निमाण गराउने रहेको छ । यसको लागि म अहिले दिनरात सरकारी तथा निजी दुवै क्षेत्रसँग सम्वादमा छु । सरकारले सकारात्मक सन्देश दिए तत्काल् काम अगाडि बढाउन सकिन्छ भन्नेमा पनि म पूर्ण विश्वस्त छु ।’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












