फूलमा आत्मनिर्भर हुने कहिले?

सरस्वती पाण्डे/दशैं सकिएर तिहार आउँदै छ । तिहार भनेको फूलैफूलको पर्व पनि हो । यसलाई हिन्दु धर्म मान्नेहरूले ठूलो उत्सवको रूपमा लिने गर्दछन् । त्यसो त तिहारलाई झिलीमिलीको पर्व पनि हो । मुख्य गरी काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरमा रंगीविरंगी वत्ती बालिन्छ । तिहारमा काग, कुकुर, गोबद्र्धन, लक्ष्मी, दाजू–भाईको पूजा गरिन्छ । यसको आ–आफ्नो धार्मिक अर्थ रहेको छ । यसको थप चर्चा गर्दै गरौंला । आज फूलको चर्चा गर्न गइरहेकी छु ।
तिहारमा नेपालीहरूले कति फूल खर्चिन्छन् ? कसैले अनुमान लगाउन सक्ला ? यति उति भनेर अनुमान लगाउन सकिए पनि यसको फ्याक्ट तथ्य भने कसैले अनुमान लगाउन सक्तैन । तिहारमा यति फूल खर्च गरियो भनेर गाउँ–गाउँमा डेडा संकलन गर्न गएका छैनन् । आजका दिनसम फूलबारे गरिएका जति पनि अनुसन्धान छन् ती सबै फ्याक्ट होइन भन्ने मलाई लाग्छ ।
नेपाल अरू त के कुरा फूलमा पनि आत्मनिर्भर हुन सकेको छैन अहिलेसम्म । वर्षेनी हाम्रो देशमा लाखौंको विभिन्न थरीका फूल भारत, पाकिस्तान, मंगलादेश, श्रीलंकाबाट आयात गरिन्छ । तिहारमा बढी खपत हुने फूल मखमली, गोदावरी, सयपत्री आयात गरिन्छ । हामीले निर्यात कहिलेसम्म गर्ने ? प्रश्न पेचिलो बनेको छ ।
तिहारमा एक करोडको फूल कारोबार ह्न्छ । जसमा ३०–३५ लाखको माला भारतबाट आउँछ । ९० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि तिहारमा माग ह्वात्तै बढ्छ । १० प्रतिशत भारतीय बजारबाट ल्याउनै पर्ने बाध्यता हामीलाई छ । हेर्नुहोस् , त ! यो तथ्याङ्क कति डरलाग्दो छ ।
मौसम परिवर्तन भयो । तिहार गतवर्षको भन्दा ढिला भयो । किसानले व्यवसायिक रूपमा रोपेका फूल झर्न थालिसकेका खबर मिडियामा आइरहेको छ । यसमा दोष कसैको होइन । प्रकृतिलाई के दोष दिनु ? किसानले उत्पादन गरेको फूलले अब उचित बजार पनि पाउने भएन । सुकेको, ओइलाएको फूल किन्ने कुरो हुँदैन । किसानले नैतिकताको आधारमा बेच्ने कुरा पनि हुँदैन । किसानको मेहनत, लगानी सबै खत्तम भयो । यस्तो अवस्थामा किसान मर्कामा परेका हुन्छन् । सरकारले किसानका लागि विमाको व्यवस्था गरिदिनुपर्छ । किसानलाई प्रोत्साहन गर्नुपर्छ ।
फूल कसलाई मन नपर्ला र ? हुन त कमै मानिसहरू पनि होलान् मन नपराउने । तर बहुमतको कुरा गरौं । हामीले फूल रोप्छौं । गमलामा, आँगनको डिलमा, बारीमा, खेतका डिलमा, घरको कर्सामा जहाँ उपयुक्त हुन्छ त्यहीँ रोप्ने हाम्रो बानी छ । फूलको आकर्षणले गर्दा मानिसहरूको नजर पर्छ । घर सुन्दर देखिन्छ । वातावरण हराभरा देखिन्छ । भमरा र मौरी पनि रस चुस्न आउँछन् । उनीहरूका लागि पनि आहारा भैहाल्यो ।
सबैले जहाँ–जहाँ सकिन्छ त्यहीँ–त्यहीँ फूल रोपौं । फूलका बारेमा अध्ययन गरौं । कस्तो माटोमा कुन जातको फूल फुल्छ भनेर अध्यन पनि गरौं । नर्सरीमा गएर विभिन्न जातका फूल हेर्न सकिन्छ । त्यहाँ लगाए जसरी हामीले पनि लगाउन सक्छौं । फूलका पर्व तिहार जस्ता चाड आउँदा बजारमा फूल किन्न नपरोस् । आफ्नै घरमा उत्पादित फूल प्रयोग गर्न सके राम्रो हुुन्छ । अन्य देशबाट आयात गरिएका फूल बजारमा चर्को मूल्यमा किन्न पर्दैन । हाम्रो पैसा र समय जोगिन्छ । फूल किन्ने पैसाले अन्य सामान किन्न सकिन्छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












