आजको दिन तपाईको कस्तो हेर्नु रासिफल
विसं २०७५ साल कात्तिक १३ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर ३० तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह भने जगाउनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
केही समय लागे पनि विभिन्न काम र जिम्मेवारी हात पार्ने मौका छ। लगनशीलताले अवसर दिलाउन सक्छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। तर ढिलासुस्ती गर्दा वा आँटले काम लिन नसक्दा केही पछि परिनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
काम गर्ने परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेत गर्दा लगानी उठाउन सकिनेछ। आवश्यक गर्दा कर्जामार्फत धन प्राप्त हुनेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग जोगिएर काम लिनुपर्ला। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राका क्रममा वादविवाद हुनाले उद्देश्य पूरा नहुन सक्छ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
अवसर आए पनि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सजग रहनुहोला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अधिकारका लागि केही जोखिम उठाउनुपर्ला।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि मिहिनेतले योजना कार्यान्वयनमा ल्याउन सकिनेछ। व्यवसायमा फाइदा उठाउन समय पर्खनुपर्नेछ। तापनि पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। आफ्नो धनमाल र उपलब्धि सुरक्षामा भने विशेष ध्यान पुर्याउनुहोला।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा भने ध्यान पुर्याउनुहोला।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











