संसद्को भूमिका कर्मकाण्डी मात्रा छ : सांसद् त्रिपाठी

सुमित्रा कार्की/ काठमाडौँ । नवलपरासीबाट एमालको सूर्य चिन्हमा चुनाव जितेर सांसद् बनेका हृदयश त्रिपाठीले संसद्को भूमिका कर्मकाण्डी मात्र भएको बताएका छन् । मंगलबार एक राष्ट्रिय दैनिकलाई अन्तर्वार्ता दिंदै सांसद् त्रिपाठीले उक्त कुरा बताएका हुन् ।
त्रिपाठीले भने, ‘‘संसद्को भूमिका कर्मकाण्डी मात्र छ । संसद्को नेतृत्व सरकारले संसद्लाई हेर्ने दृष्ट्रिकोण प्रतिपक्षीको भूमिकामा निर्भर हुन्छ ।’’
आफूलाई अझै पनि स्वतन्त्र सांसद् भन्न रुचाउने त्रिपाठीले अझै नेकपाको घरभित्र नपसेको बताउँछन् । अन्तर्वार्तामा उनले भने अनुसार उनी अब छिट्टै नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ भित्र प्रवेश गर्न लागेको खुलासा समेत गरेका छन् । यस सम्बन्धी धनीभूत छलफल पनि भइरहेको उनको भनाई छ ।
सांसद त्रिपाठीको राजनीति यात्रामा उनले विभिन्न पार्टीको शीर्ष भूमिकामा रहेर राजनीति गरे । प्रकारान्तरले उनी आवद्ध पार्टी कहिले क्षेत्रीय पार्टीमा सीमित भयो भने कहिले राष्ट्रिय पार्टी समेत बन्न पुग्यो । राजीतिक धरातलबाट करिब–बरिब बिलाउने अवस्थामा पुगिसकेका त्रिपाठीले बुद्धि पु¥याएर २०७२ सालको चुनाबमा वाम गठबन्धन ‘अहिलेको नेकपा’ सँग मिलेर चुनाव जिते । अहिले सांसद्को भूमिकामा छन् । उनी चुनावको बेला सम्झँदै भन्छन्–‘‘तत्कालिन नेकपा एमालेले आफूहरूलाई चारसिटमा र आफूहरूले एमालेलाई ६ सीटमा सहयोग गर्याै । ’’ त्रिपाठीले चुनाव भड्कीलो खर्चिलो मात्र नभएर गैर–राजनीतिक व्यक्तिको आलिमुहाली भएको बताए ।
‘‘मधेसमा कम्युनिष्ट पार्टी लोकप्रिय हुन सकेको छैन । मधेसी दलले पनि मधेसमा जातिय द्वन्द्व गराउने काम गरे सांसद् त्रिपाठी थप्छन, ‘‘मधेसमा मधेस–मधेसी भन्दा जातिय एकाई विभाजित गरियो ।’’ उनले अब समस्याको पहिचान गरी संस्थागत संरचना वा कानूनमा त्यसको समीक्षा गरेर अगाडि नबढेसम्म सुशासन र समृद्धि आउन नसक्ने बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












