फूलमा परनिर्भरताको विकल्प खोजौं
काठमाडौँ । खाद्यान्नका साथै फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन । यस वर्षको तिहारमा करीब तीन लाख विभिन्न जातका माला भारतबाट आयात हुने अनुमान गरिएको छ ।
फ्लोरीकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजुले तिहारलाई माला अपुग हुने देखिएकाले यसवर्ष झण्डै रु ११ करोडको ४५ जातका तीन लाख सयपत्रीका माला र फूल आयात गर्न लागिएको बताए । भाइटीकामा काठमाडौँलाई मात्र रू १५ देखि १७ लाखको माला आवश्यक पर्छ । राजधानीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन् ।
तिहारमा अत्यधिक फूल खपत हुने भएकाले नेपालमा किसानले फूललाई मौसमी खेतीको रुपमा मात्र लिदै आएका छन् तर मौसमी खेती पर्याप्त हुन नसक्दा फूलको आयात घट्न सकेको छैन । व्यावसायिक फूल खेती गर्न नेपाली किसान आर्कषित हुन सकेका छैनन् । सयपत्री र मखमली फूलको तिहारमा विशेष महत्व हुन्छ । दुवै जातका फूल खेतीका लागि उर्वर भूमिको अवश्यकता पर्दैन ।
पुष्प व्यवसाय मौसममा निर्भर भए पनि यसबाट पर्याप्त आम्दानी लिन सकिने भएकाले खेतबारीका आली, कान्लो खेर गइरेका जमीन भरपुर प्रयोग गर्न सकिन्छ तर किसान भने एकोहोरो परम्परागत खेतीतर्फ नै केन्द्रीकृत भएको पाइन्छ ।
फ्लोरीकल्चर एशोसिएशनका महासचिव विश्वमणि पोखरेल– फूल बिक्रीबाट जीवन चलाउन मात्र होइन मनग्यै आम्दानी लिन सकिन्छ भन्ने धारणाको विकास किसानमा नभएसम्म फूलको आयात प्रतिस्थापन हुन नसक्ने बताए । नेपालमा पुष्पखेती १५५ हेक्टर क्षेत्रफलमा गरिएको छ । जुन कूल खेतीयोग्य जमीनको ०.००५० प्रतिशत हो । हाल ३० लाख ९१ हजार हेक्टर जमीनमा पुष्प खेती हुँदै आएको छ । खेती गर्न हुने बाँझो जमीनको क्षेत्रफल भने १० लाख ३० हजार हेक्टर छ ।
नेपालमा २०११ सालदेखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा पुष्प खेती शुरु भएको फूल व्यवसाय आव २०७४/०७५ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भइसकेको छ । करीब ६९७ फूल व्यवसायी सक्रिय छन् भने ४३ हजार ५०० व्यक्ति यस व्यवसायमा आश्रित छन् । आव ०७४÷०७५ मा रु एक अर्ब ८७ करोड बराबरको फूलको कारोवार भएको थियो भने रु ११ करोडको फूल आयात भएको थियो ।
तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुन्छ । सबैभन्दा सयपत्रीको १३ लाख, मखमली तीन लाख र गोदावरीको एक लाख माला खपत हुने गर्छ । जसमा लगभग ३० प्रतिशत भारतबाट आयात हुने गरेको बताइन्छ । नेपाल प्रशस्त जैविक विविधता भएको भूमि हो । यहाँ स्थानपिच्छे थरीथरी र आर्कषक फूलखेती गर्न सकिन्छ तर आयात गर्न हामी बाध्य छौँ ।
तिहारका तीन दिन राजधानीमा फूल, माला, र गमला गरी झण्डै रु १६ करोडको कारोवार हुन्छ । राजधानीमा भक्तपुरको गुण्डु, काठमाडौँको इचङ्कुनारायण, थानकोट, साँखु, ककनी, धार्दिङ, नुवाकोट, काभ्रेबाट फूल भित्रने गर्छ ।
प्रचुर सम्भावना बोकेको पुष्प व्यवसाय प्रवद्र्धन गर्न सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी कार्यान्वयनमा ल्याएको छ । आव ०७१/०७२ बाट पुष्प व्यवसायका लागि रु एक करोड बजेट विनियोजन गरिएकामा यो वर्ष प्रदेश सरकार, प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुष्प विकास केन्द्रको विकासका लागि जम्मा रु १६ लाख विनियोजन गरेको छ ।
बजारमा फूलको माग बढेकाले आवश्यकताअनुसार उत्पादन दिन सकिएको छैन । नेदरल्याण्डस्, हल्याण्ड, थाइल्याड, अमेरिकालगायत देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायत नेपाली कट फ्लावरको माग दैनिक बढे पनि नेपालबाट निर्यात भने हुन नसकेको बताइन्छ ।
सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगे पनि फूलको उत्पादन सन्तोषजनक छैन । बिक्रीका लागि फूलको बजार छ, उत्पादन छैन । झण्डै रु पाँच अर्बभन्दा बढी लगानी रहेको पुष्प व्यवसायमा मानिसको आर्कषण भने क्रमशः बढ्दो छ । विश्वमा फूलको कारोवार २०० अर्ब डलरको छ । जसमध्ये ८० अर्बको कारोवार नेदरल्याण्डस् एक्लैले गर्छ ।
राससको सहयोगमा न्युज–नेपाल डट कम
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












