प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार , डिस्चार्ज गर्नेबारे चिकित्सकलहरु छलफल गर्दै
काठमाडौं । छातिको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुध्रिँदै गएको छ । उनलाई डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका छन् ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्य लाभ गर्नुभएको छ भन्ने ठानेका छौं । डिस्चार्ज कहिले गर्ने भन्ने विषयमा छलफल गरेका छौं तर टुंगो लगाएका छैनौं ।’
उनले अघि भने, ‘रगतको रिपोर्ट नर्मल अवस्थामा आएको छ । छिट्टै स्वास्थ्य लाभ गरेर छिट्टै फर्कनु हुनेछ ।’
अस्पतालले विहीबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र छिट्टै सामान्य स्थितिमा फर्किने उल्लेख छ ।
प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ।
अस्पतालले जारी गरेको विज्ञप्ति
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












