काष्ठमण्डप पुनःनिर्माणमा काठ उपलब्ध गराइने
कात्तिक। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो ।
काष्ठमण्डप पुनःनिर्माणका लागि काठ उपलब्ध गराउने बारेमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य र कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । काठैकाठबाट बन्ने काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्दछ । कर्पोरेशनका महाप्रबन्धक लौडारी बजारमा सामान्यतया १० फिट लामो काठ पाइने भएपनि काष्ठमण्डप पुनःनिर्माणका लागि ३८ फिट लामो काठ आवश्यक पर्ने बताउनुहुन्छ ।
“काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्ने भएकाले सोहीअनुसार कटान र ढुवानी गर्नका लागि समझदारी गरेका हौँ”, महाप्रबन्धक लौडारीले भन्नुभयो । काष्ठमण्डप पुनःनिर्माणका लागि विशेषखालको काठ विशेष ढङ्गले कटान गर्नुपर्ने उहाँको भनाइ थियो ।
काष्ठमण्डप पुनःनिर्माण दुई वर्षमा सक्ने गरी कार्ययोजना बनाएर अगाडि बढिसकिएको पुनःनिर्माण समितिका अध्यक्ष शाक्यले बताउनुभयो । काठ दाउरा सङ्कलन, चिरान, उत्पादन तथा आपूर्ति, दाहसंस्कार र धार्मिक प्रयोजनका लागि दाउरा आपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको कर्पोरेशनले भूकम्पबाट भत्केका घर पुनःनिर्माणमा समेत उपलब्ध गराएको छ । रासस
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











