बाबुरामको राजनीतिक प्रतिवेदन पारित,संगठन विभाग प्रमुखमा श्रेष्ठ
काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । बुधबार र बिहीबार राजधानीमा बसेको १५ औं संघीय बैठकले पार्टी संयोजक डा.भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको हो ।
के छ प्रतिवेदनमा ?
डा. भट्टराईको प्रतिवेदनमा अहिलेका राजनीतिक दलहरूबाट आर्थिक विकास र समृद्धि प्राप्त हुन नसक्ने आरोप लगाइएको छ । संयोजक भट्टराईले ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ ब्राण्डले अब मुलुक नचल्ने उल्लेख गरेका छन् ।
नेकपा सरकार पतनको बाटोमा उदत्त भएको र नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसकेको आरोप पनि लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी भनेर पनि टिप्पणी गरेका छन् ।
आगामी कार्ययोजना
नयाँ शक्ति पार्टीले आगामी मंसिर १ देखि चैत्र मसान्तसम्मको कार्य अवधिका लागि कार्ययोजना निर्माण गरेको जनाएको छ । ‘यो कार्ययोजना ‘ ५ महिना, ५ काम ५ उपलब्धि’को योजना हुनेछ ।’, संघीय बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘पार्टीको कार्ययोजनाभित्र वैचारिक काम, संगठनात्मक काम, जनपरिचालनको काम, राजनीतिक संवादको काम र व्यवस्थापनको काम गरिने छ ।’
‘जनताको प्रश्नः नयाँ शक्तिको उत्तर’ नामक प्रशिक्षण कार्यक्रम, आगामी मंसिरभित्र समृद्धिको मोडेल, समावेशिता र संघीयताबारे उठेका थप प्रश्नहरुको उत्तर दिने गरी एक पुस्तिका तयार गर्ने जस्ता कार्यक्रम गर्ने उल्लेख छ ।
त्यसैगरी नयाँ शक्ति पार्टी नेपालको संगठन विभाग प्रमुखको जिम्मेवारी गंगानारायण श्रेष्ठले पाएका छन् । बैठकले सचिवालयमा कर्णध्वज केसी, दानबहादुर चौधरी, नारायणराज पाण्डे, किरण मुल्मी, सविना अर्याल, सोनाम सिंह स्याङ्तान र कमला गुरुङको नाम थप गरेको पार्टी प्रवक्ता डम्बर खतिवडाले जानकारी दिए ।
बैठकले राजनीतिक संवाद समिति र विज्ञ परिषद पनि गठन गरेको छ । विज्ञ परिषदमा रहने व्यक्तिहरुमा तीन जनाको नाम टुङ्गो लागेको छ । धनुषाबाट भोगेन्द्र झा छन्, पर्साबाट जददिश प्रसाद अग्रवाल र कास्कीबाट सूर्यप्रसाद अर्यालको नाम बैठकले अनुमोदन गरेको छ ।
राजनीतिक संवाद समितिलाई पार्टीभित्रको आन्तरिक अन्तरविरोध र पार्टी बाहिरको राजनीतिक परिस्थितिको मूल्याङ्न गरी वार्ता र संवाद गर्ने जिम्मेवारी दिइने प्रवक्ता खतिवडाले जानकारी दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












