एक घर एक स्काउट आवश्यक : मरासिनी

सुमित्रा कार्की/काठमाडौँ । नेपाल शान्ति स्काउटका संस्थापक तथा हालका प्रमुख आयुक्त सुधन मरासिनीले ‘एक घर एक स्काउट’ को अवधारणा ल्याउनु पर्ने बताएका छन् । उनले समग्रमा स्काउटका अवधारणाहरू, लक्ष्यहरू र कार्यहरू समाज र राष्ट्रहीतका निम्ति महत्त्वपूर्ण रहेको बताए । दिपावली, नेपाल सम्बत् ११३९ र छठ पर्वको अवसरमा आफ्ना शुभचिन्तक र सदस्यहरूबीच शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मरासिनीले उक्त कुरा बताएमा हुन् ।
नेपाल शान्ति स्काउटले छोटो अवधिभित्रै राम्रा कामहरू गरेको भन्दै अझै उत्साहित भै शान्ति, भाइचारा र सामाजिक तथा परोपकारी कार्यहरूलाई सशक्त रूपमा अगाडि बढाउँदै लैजाने कुरामा एकजुट भएर लाग्ने भन्दै शुभकामना आदानप्रदान गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले परोपकारी तथा सामाजिक उत्थानका कार्यहरूमा नगरपालिका सहकार्य र सहयोग गर्न तयार रहेको कुरा बताएका थिए । राष्ट्रिय आयुक्त एम्. पी. मैनालीले विश्वका १९०भन्दा बढी देशहरुमा स्काउटका संगठनहरु सक्रिय रहेका र सरकारले सहयोग गरेमा नेपालमा पनि स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र स्थापना गर्न सकिने बताए ।
कार्यक्रममा राष्ट्रिय आयुक्त मिलन कार्कीले स–साना नानीहरुदेखि पाका उमेरका मानिसहरू पनि स्काउटमा आबद्ध गराउन सकिने बताउँदै सभ्य र सुस्कृत समाज निर्माणमा टेवा पुग्ने बताए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











