सुविधा दुई चालकको, काम एकैजनाबाट
काठमान्डैां । संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ । चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खातामार्फत् गरिन्छ । हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ । तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एकजना मात्र छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले स्पष्ट कानुनी व्यवस्था नहुँदा पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी व्यवस्था गरिने गरिएको बताउनुभयो । पाण्डेले भन्नुभयो ‘हामीले अहिले पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी गर्र्दै आएका छौँ । को राख्ने कति राख्ने सबै उहाँहरुकै स्वविवेकको कुरा हो । दुई चालक राख्ने सुविधा ऐनले दिएको छ ।’
पदाधिकारीले सुविधा बुझ्नका लागि भने अनिवार्य रूपमा दुई चालककै नाम उपलब्ध गराउनुपर्छ । तर, सचिवालयको सवारी शाखाको रेकर्ड अनुसार गेटपासका लागि नाम दर्ता गर्ने सवारी चालक भने अधिकांश पदाधिकारीका एक मात्र छन् ।
दुई जनाका दुई चालक
सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का संसदीय दलका प्रमुख सचेतक देब गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन् । गुरुङको सवारी चालकका रूपमा सचिवालयमा महेश गुरुङ र युगेन लामाको नाम दर्ता छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठका पनि दुई
चालक छन् । रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेका छन् ।ने क पा का संसदीय दलका सचेतक शान्ता चौधरीको पनि एकमात्र चालक छन् । उहाँका चालकका रुपमा अर्जुन प्याकुरेलको नाम दर्ता छ । यस्तै, कांग्रेस सचेतक पुष्पा भुसालका चालकका रूपमा बुदु खड्गीको नाम दर्ता छ । लेखा समिति सभापति भरतकुमार शाहका पनि एकमात्र चालक छन् ।
ने क पाका राष्ट्रियसभा दलका अध्यक्ष दिनानाथ शर्मा, सचेतक खिमलाल भट्टराईका पनि एक÷एक जना चालकको मात्र दर्ता छन् । यस्तै, विपक्षी दल कांग्रेसकी सचेतक सरिता प्रसाईँका तर्फबाट पनि एकमात्र चालकको नाम दर्ता छ । प्रसाईँका चालकका रुपमा मिङ्मा शेर्पा छन् । प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाका पनि एकमात्र चालक छन् । यस्तै, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, विधायन व्यवस्थापन समिति सभापति रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलका पनि एकमात्र चालकले परिचयपत्र र पासका लागि नाम दर्ता गराएका छन् ।
सचिवालयको रेकर्ड अनुसार प्रतिनिधिसभाको अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल, विकास समिति सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, कृषि समिति सभापति पूर्णकुमारी सुवेदीका पनि एकमात्र चालक छन् ।राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरुका पनि एकमात्र चालक छन् । सचिवालयको रेकर्ड अनुसार जैरुका चालकका रुपमा कुमार रोका कार्यरत छन् ।
न्यून पारिश्रमिक, टिक्दैनन् चालक
सचिवालयले दुई सवारी चालक पदाधिकारीका लागि व्यवस्था गरिदिए पनि अधिकांशले एकमात्र चालक राख्ने गरेका छन् भने राखिएका चालकले पनि सन्तोषजनक पारिश्रमिक नपाएको बताएका छन् । केही चालकले भने पारिश्रमिकमा सन्तुष्टि जनाएका छन् ।‘दुई जना ड्राइभर राख्न तलब आउँछ भन्ने हामीलाई पनि जानकारी छ । तर, एकजना ड्राइभर राखिन्छ । त्यसमा पनि भनेजस्स्तो पैसा पाइन्न । कहिले त १७–१८ घन्टासम्म काम गर्नुपर्छ’ एक पदाधिकारीका चालकले गुनासो गरे ।
चालकहरूका अनुसार केहीले २५ हजार रुपियाँसम्म पारिश्रमिक पाएका छन् । कतिपयले भने २० देखि २२ हजारसम्म मात्र मासिक भुक्तानी पाउने गरेको बताएका छन् । सचिवालयका उच्च अधिकारीको अनुभव अनुसार पनि पदाधिकारीका चालक फेरिइरहन्छन् ।‘कतिपयका त १५ दिनमै फेरिएको पनि रेकर्ड छ । केहीका दुई चार महिनामा । केहीका भने लामो समयदेखि कार्यरत छन् । लामो समय काम गर्ने उच्च पदाधिकारीका चालक छन् । बिहान ६ बजेदेखि अबेरसम्म काम गर्नुपर्ने हुनसक्छ । पारिश्रमिक चित्त नबुझेर पनि होला हामी छिटोछिटो चालक फेरिएको देख्छौँ ।’
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











