देउवाले गच्छदारलाई उपसभापति बनाउने तयारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । कांगेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा विधान संशोधन मस्यौदा समितिले पेश गर्ने विधानको मस्यौदा र महासमिति बैठक, लेखा परिक्षण समिति गठन र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँगको एकीककरणका बेला भएको सहमति बारेमा छलफल हुने जानकारी दिए ।
गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिकोे बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । तर विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिने लगभग निश्चित जस्तै छ ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमसँगको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने प्रस्ताव ल्याउने तयारी गरेको कांग्रेस उच्च स्रोतले जानकारी दियो । गच्छदारको व्यवस्थापनका विषयमा नेता रामचन्द्र पौडेलसहित अन्य नेताको पनि विमति नभएपनि सभापतिको व्यवहारका कारण आशंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
तर नेता पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत संस्थापन इतर समूहले विधान मस्यौदा समितिमा छलफल भएको केन्द्रीय समितिको संख्या बढाउँदा पदाधिकारी पनि बढाउनुपर्ने प्रस्ताव गरेका छन् । तर संस्थापन पक्ष अहिले पदाधिकारीको संख्या नबढाउने अवस्थामा छ । पदाधिकारीको संख्या बढाउँदा संस्थापन इतरका नेताहरु एकठाउँमा रहन सक्ने बुझाइ सभापति देउवाको रहेको स्रोत बताउँछ ।
विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिको संख्या अब १ सय २५ पुर्याउने प्रस्ताव गरेको छ । समितिले अहिले कायम ६ पदाधिकारी र १ सय २५ केन्द्रीय सदस्य रहने गरी प्रस्ताव तयार पारेको छ भने संस्थापन इतर समूहले तीन उपसभापति, तीन महामन्त्री, तीन सहमहामन्त्री र कोषाध्यक्ष गरी ११ पदाधिकारीको विकल्प अघि सारेको छ ।
यदि विधान मस्यौदा समितिले आफूहरुको धारणा समावेश नगरे महासमितिमा छुट्टै प्रस्ताव लैजाने चेतावनी संस्थापन इतर समूहले दिएको छ । त्यसका लागि सोमबार नेता पौडेल निवासमा छलफलसमेत भएको थियो । सो समूहले पार्टीको आगामी विधान सहमतिका साथ पारित गर्नका लागि साझा धारणा बनाएर केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने तयारी गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बसेको संस्थापन इतर समूहको बैठकले विधानको मस्यौदामाथि हुने छलफलमा सहमतिका साथ पारितका लागि साझा धारणा बनाएर प्रस्तुत हुने सैद्धान्तिक सहमति गर्दै सभापतिले नमाने छुट्टै धारणा महासमितिमा लैजाने तयारी गरेको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा सोमबार बसेको संस्थापन इतर समूहको बैठकमा सहमतिका साथ पार्टीको विधान पारितका लागि एकजुट भएर प्रस्तुत हुने बारेमा छलफल भएको नेताहरुले बताएका छन् । रोल्पा कांग्रेसका सभापति अमरसिँह पुनले पार्टीको संशोधन हुन गइरहेको विधान र विधान पारितका लागि सहमति जुटाउन अपनाउने रणनीतिका बारेमा छलफल भएको बताए ।
‘‘केन्द्रीय विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदामा उल्लेख गरेका केही विषयहरुमा हाम्रो केही फरक मान्यता छ । तिनै फरक मान्यताहरुलाई मिलाएर सहमतिका साथ जानुपर्छ । सर्वसम्मत नै जानु पर्दछ भन्ने हामीहरुको मान्यता हो । यही विषयमा सामान्य छलफल भयो,’’ उनले बाह्रखरीसँग भने ।
विधान पारितका लागि संस्थापन समूहले बहुमत प्रयोग गरेर विधान पारित गर्न खोजे संस्थापन इतर समूहले फरक मतसहित आसन्न महासमिति बैठकमा प्रस्तुत हुने समेत रणनीति बनाएको छ ।
‘‘विधानको मस्यौदा प्रस्तुत भएपछि त्यसलाई अध्ययन गरेर, पढेर, छलफल गरेर एउटा सहमति निकाल्ने प्रयास हुन्छ, नभए फरक मतसहित हामी महासमितिमा जान्छौं,’’ पौडेल निवासमा बसेको बैठकमा सहभागी कांग्रेस नेता अर्जुननरसिँह केसीले भने, ‘‘संविधानले गरेको व्यवस्था समेटिने गरी हामीले पार्टीको विधान निर्माण गर्नुपर्दछ । त्यही विधान निर्माणका लागि हामी सबैको साझा सहमति हुन सकोस् भन्ने हो । अन्यथा महासमितिमा विवाद उत्पन्न हुने र निष्कर्षमा पुग्न नसकिने स्थिति आउन सक्छ ।’’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












