भ्रष्टाचारीहरूलाई कारबाहीको प्रक्रिया चलिरहेको छ : गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘भ्रष्टहरूलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरू ती अपराधहरूलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरूलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरूमा त्यो प्रक्रियाहरूलाई अझै तिव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’
क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको देउसी टोलीसँग उनले सरकारले बलात्कारीहरूलाई पनि कारबाही गरिरहेको बताए । उनले भने,‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरूको संख्या ठूलो छ । जबरजस्ती करणी गर्ने, बलात्कार गर्नेहरू, व्यभिचार गर्नेहरूको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरूलाई कारबाही भैरहेको छ । जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरूलाई कानुनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरू कानुनको कठघरामा छिट्टै आउँछन् ।’
सिण्डिकेट अन्त्य भएन ?, कालोबजारीहरूलई कारबाही भएन ? महँगी ह्वात्तै बढेको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘सिण्डिेकट अन्त्य भैसकेको छ । अब त्यसलाई व्यवस्थापन गर्ने काम बाँकी छ । र, त्यो चलिरहेको छ । अब छिट्टै यातायातमा भएको बेथिति, अराजकतालाई व्यवस्थित गरिनेछ । सिण्डिकेट कानुनतः अन्त्य भैसकेको छ । अब चाहीँ फेरी कसैले यातायातको क्षेत्रमा सिण्डिकेट लाद्न सक्दैन् ।’
मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाई छ । उनले भने,‘हामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं । म सम्पूर्ण लगानीकर्ताहरूलाई देशलाई समृद्ध गर्नमा उहाँहरूको भूमिका अझै वृद्धि होस् । र, उहाँहरूको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु ।’
सडक दुर्घटनाहरू दिनदिनै बढिरहेकोप्रति दुःख व्यक्त मन्त्री थापाले भने,‘यो दुर्घट्ना हुनुको पछाडि ठेक्कासम्बन्धी र यातायातसम्बन्धी नीतिमा कहीँ खोट छ की, सडक निर्माण गर्न दिईरहेको बेला कहीँ कतै त्रुटिहरू भएका छन् । अब त्यसलाई हामीले सच्याउन जरूरी छ । सडकहरूको अवस्थाबारे निर्माण व्यवसायीहरूको पनि धेरै हदसम्म जिम्मेवारी छ । नीतिगत रूपमा अब सच्याउनुपर्छ ।’
मन्त्री थापाले तिहारको शुभकामना दिँदै भने,‘सम्पूर्ण देशवासीहरूको सुख, समृद्धिको कामना गर्न चाहन्छु । राष्ट्रले राखेको लक्ष्यपनि त्यही हो । हामी यतिवेला समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा छौं । तिहार र आउने पर्वहरूले नेपाल र नेपालीहरूलाई सुखी बनाउन योगदान गरोस् । म यही कामना गर्न चाहन्छु ।’
त्यस्तै उनले तिहारको क्रममा देउसी–भैलो चलिरहेको बताउँदै भने,‘यसले देशको संस्कृतिलाई संरक्षण र प्रर्वद्धन गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। हाम्रो देशको संस्कृति र पहिचान सम्र्वद्धन होस् भन्नेपनि शुभकामना दिन चाहन्छु ।’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












