साझा घोषणापत्र दोहो¥याएर पढ्न ओलीलाई बामदेवको सुझाव
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केही दिन अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
उनले भने,‘तत्कालिन् एमाले र तत्कालिन् माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौं । घोषणापत्रमा उल्लेख भएका विषयहरू लागू नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौं । घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्दछु । पत्रकारहरूलाई यो साझा घोषणापत्र लागु गर्न पनि दबाबमूलक कार्यक्रम ल्याउन यहीँबाट विशेष अनुरोध गर्दछु ।’
नेता गौतमले सरकार गठन भएको जम्मा ८ महिनामात्रै भएको बताउँदै यसका कामहरू गर्न बाँकी रहेको सुनाए । उनले भने,‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हाँसिल गर्न सक्यो कि सकेन ? भनेर अहिले भन्ने बेला होईन् ।’
उनले प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार आफ्ना नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने सुझाव दिए । उनले थपे,‘निर्वाचनको बेला जारी भएको घोषणापत्र अब कार्यान्वयन हुनुपर्यो । नीति तथा कार्यक्रम पनि त्यहीअनुसार लागू हुनुपर्छ । बजेटपनि त्यही अनुसार आउनुपर्छ ।’
वरिष्ठ नेता माधव नेपाल र तपाईको प्रधानमन्त्री ओलीसँग असन्तुष्टि छ भन्ने कुरा आएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीले राम्रो गर्नुभएन भनेर भनेको छैन । वर्तमान सरकारले जनताको अपेक्षा पूरा गरेन भनेर गुनासो छ। त्यही कुरा भनेको हो । अरू त्यस्तो केही पनि होईन।’
उनले पटक पटक निर्वाचनमा जारी गरेको साझा घोषणापत्र पार्टीका हरेक केन्द्रिय सदस्यहरू, स्थायी समिति सदस्यहरू र सचिवालय सदस्यहरूले पढ्नुपर्ने पनि दोहोर्याए । उनले भने,‘म फेरी दोहोर्याएर भन्छु, हामी सबैले अब घोषणापत्र पढ्नुपर्छ । प्रधानमन्त्री ओलीले त झनै दोहोर्याएर पढ्नुपर्यो । अध्यक्षदेखि पदाधिकारीले दोहोर्याएर पढ्नुपर्यो ।’ आफू र प्रधानमन्त्री ओलीबीच सम्बन्ध राम्रै रहेको पनि उनले जिकिर गरे । उनले थपे,‘हामीबीचको सम्बन्ध राम्रै छ।’
त्यस्तै उनले आफूले मलाई सांसद बनाउनुपर्यो भनेर कहिल्यैपनि पार्टीमा माग नराखेको स्पष्ट पारे । ‘मलाई सांसद बनाउनुपर्यो भनेर माग छैन । मलाई २ वटा अध्यक्षले तपाई प्रतिनिधि सभामा आउनुपर्छ भन्नुभयो । ओलीजीले मेरो सैद्धान्तिक अनुसार आउनुहुुन्न तर व्यवहारिक रूपमा आउनुपर्छ भन्नुभयो ।’
गौतमले पार्टीका केही केन्द्रिय सदस्यहरूले फेरी संसदमा आउने कुरालाई आदर्शविपरित भयो र पदलोलुपता देखायो भनेरसमेत आरोप लगाएको स्मरण गराए । उनले भने,‘मैले पदको लोभ देखाएँ भनेर पनि पार्टीका नेताहरूबाट कुरा आयो । म एक व्यक्ति हुँ । एउटा व्यक्ति जाने हो । अरू त के नै हो र ?’
उनले आफूलाई पूनः संसदमा ल्याउनको लागि पार्टीको सचिवालय बैठकले चुनाव लडाउने भनेर सर्वसम्मतीले निर्णय गरेको पनि दाबी गरे । उनले भने,‘अरू कुरा त उहाँहरूलाई सोध्दा थाहा हुन्छ । कतिसम्म गर्नुभएको हो भने निश्चित जित्ने निर्वाचन क्षेत्रमा तपाई जानुपर्छ भन्नुभएको हो । अनि निर्वाचित सदस्यले जिताउँछौं र जनताले पनि जिताउँछौं भन्नुभयो भने तपाई जानुपर्छ भनेर निर्णय भएको हो । यो फेरी सर्वसम्मत निर्णय भएको हो । सचिवालयमा सर्वसम्मती भएको हो । यसबारेमा कुनै विमति थिए । पछि विमति किन भयो मैले बुझ्न सकेको छैन् ।’
फरक प्रसँगमा उनले आफूलाई जिम्मा दिने हो भने पार्टी एकताको बाँकी सबै काम सम्पन्न गरेर देखाईदिने पनि उद्धघोष गरे । उनले भने,‘तीन महिनाभित्र एकीकरण गरेर सम्पन्न गरिदिन्छु । त्योपनि विवादरहित तरिकाले । मसँग कुशलता छ । यससम्बन्धी क्षमता छ । कहिलेकाहीँ एक्लो व्यक्तिको भूमिका पनि ठूलो र प्रभावकारी हुन्छ । मैले कम्युनिष्ट आन्दोलनमा यस सम्बन्धमा विशेषज्ञता हाँसिल गरेको छु । मैले निर्माण गरेका संगठनहरू फलेको छ । फुलेको छ ।’
पार्टीभित्रको गुट अन्त्य गर्ने दायित्व मुख्य जिम्मेवारीमा बसेको व्यक्तिको भएको भन्दै आफू यदि उक्त पदमा भएको भए सबै गुटको अन्त्य गरेर देखाईदिने उनको वचनबद्धता थियो । ‘गुटबन्दी अन्त्य गर्छु । पार्टीमा होस् या अन्यत्र । तर, पार्टीको सदस्यको नाताले सबै गर्छु भन्ने हैसियत मसँग छैन ।’–गौतमले प्रष्ट्याए ।
पार्टी एकतालाई तार्किक निश्कर्षमा पुर्याउनको लागि अब सरकारले जिम्मेवारीपूर्वक आफ्नो कदम चाल्नुपर्ने पनि उनको धारणा छ । उनले भने,‘म भएको भए जेठ अन्तिमसम्म एकता गरिदिन्थें । एकतामा तुषारापात हुने हो कि ? एकता टिक्ने कि नटिक्ने ? लोकप्रिय हुने कि नहुने ? भन्ने कुरा अहिलेको सरकारको क्रियाकलपासँग हाम्रो पार्टीको भविष्य जोडिएको छ । सरकारले राम्रो काम गर्यो भने हाम्रो पार्टीको एकता पनि सुदृढ हुन्छ ।’
हिजो कुन गुटमा थिएँ वा कतातिर थिएँ भन्नुभन्दापनि अब योग्यता र क्षमताका आधारमा एकता गरेर जाने हो भने राम्रो हुने उनको भनाई छ । तर, नेकपामा अहिले अध्यक्षद्धय ओली र प्रचण्डले जे भन्यो त्यही हुन्छ अरे नि ? भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,‘कम्युनिष्ट पार्टी एकता गरें भने मेरो जीवनमा सबैभन्दा ठूलो सन्तुष्टि र सफलता प्राप्त हुन्छ भनेको थिएँ । संविधानसभाबाट संविधान जारी भयो । मुलुकमा गणतन्त्र आयो । अहिले मैले दुई पार्टीबीच एकता गराउन भूमिका खेलेको छु । अब यसलाई जोगाउने काम सबैको भूमिका हो ।’ उनले संविधानअनुसार निर्दिष्ट अबको लक्षय समाजवाद बनाउने हो भने भोलिदेखि नै काम सुरू गर्नुपर्ने पनि तर्क गरे ।
पार्टीभित्र कुनै अस्वस्थ प्रतिष्पधा नभएको पनि उनले जिकिर गरे । उनले थपे,‘हामीबीच कुनै द्वन्द्ध छैन । र, अस्वस्थ प्रतिष्पर्धापनि छैन् । तर, पार्टीभित्र अराजक तत्वहरू पनि छन् । म निर्वाचन लड्ने सवालमा सांसदलाई राजिनामा दिन लगायो । वामदेवले सांसद किन्यो भनेर केन्द्रिय सदस्यहरू भने । त्यतिमात्रै होइन, सचिवालय र स्थायी समितिका सदस्यहरूले पनि भने । पार्टी एकतासँगै केहीको अराजक भीडहरूपनि लागेका छन् ।’
उनले आफू निर्वाचन लड्ने निर्णयबाट ब्याक नभएको पनि जिकिर गरे । उनले भने,‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको होईन् । संसदमा जाने वा नजाने भन्ने पार्टीको निर्णय हो । तर, अब म कुनै नेतालाई मलाई सांसद बनाईदेउ भन्न जाँदिन् । घोषणापत्र कार्यान्वयनमा लाग्छु ।’
आगामी महाधिवेशनमा तपाई अध्यक्षकोलागि तयारी गर्दैहुनुहुन्छ अरे नि भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘त्यो पछिको कुरा हो । मेरो संयोजनमा घोषणापत्र बनाएको हुँ । मैले नै यसको मस्यौदा गरेको हुँ । धेरै साथीहरू मिलेर यसको सम्पादनको काम गर्यौं । मैले धेरै बुद्धि लगाएको छु । कमिजोरी छन् भने त्यसप्रति मेरो जवाफदेहिता छ ।’
अब सरकारले घोषणापत्रअनुसार काम गरेन भने आफू केही साथीहरूको साथ र सहयोग लिएर कार्यान्वयन गराउनतर्फ लागिपर्ने पनि गौतमले जनाए । फाइल तस्बिर
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












